२ नम्बर प्रदेश मा निर्वाचन तयारी सुरु !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ३०, २०७४
|
|
२० पटक हेरिएको
Shares
२ नम्बर  प्रदेश  मा निर्वाचन तयारी सुरु !

सारांश

  • जिल्ला : ८ स्थानीय तह : १२७ मतदान केन्द्र : २१३७ महानगर : १ (वीरगन्ज) उपमहानगर : ३ मतदाता : करिब २५ लाख निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी सुरु गरेको छ ।
  • आयोगका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्ला पुर्याइसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी छ ।
  • मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदानका क्रममा आवश्यक कर्मचारी नियुक्त गर्ने र निर्वाचन कार्यक्रमबारे तयारी थालेको आयोगले जनाएको छ ।

जिल्ला : ८
स्थानीय तह : १२७
मतदान केन्द्र : २१३७
महानगर : १ (वीरगन्ज)
उपमहानगर : ३
मतदाता : करिब २५ लाख

निर्वाचन आयोगले आगामी २ असोजमा हुने प्रदेश नम्बर २ को निर्वाचनको तयारी सुरु गरेको छ । आयोगका अनुसार निर्वाचनका लागि आवश्यक सामग्री १४ असारमै जिल्ला पुर्याइसकेकाले कार्यालय सञ्चालन र निर्वाचन अधिकृत नियुक्त गर्ने काम मात्रै बाँकी छ ।

मुख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत र मतदानका क्रममा आवश्यक कर्मचारी नियुक्त गर्ने र निर्वाचन कार्यक्रमबारे तयारी थालेको आयोगले जनाएको छ । जिल्लामा मतपत्र समेत पठाइसकिएको छ ।

पहिले नै मतपत्र पठाइसकेकाले आयोगले नयाँ निर्णय नगरेसम्म मतपत्रमा नयाँ निर्वाचन चिह्न थप गरिनेछैन । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार २ असोजको निर्वाचनका लागि नयाँ मतपत्र छापिनेछैन । राजपा दल दर्ता प्रक्रियामा रहेकाले आयोगले नयाँ निर्णय नगरेको हो । राजपाले माग गरेअनुसार छाता चिह्न दिने हो भने मतपत्र पुनः छाप्नुपर्ने हुन्छ । तर, आयोगले अहिलेसम्म यो निर्णय गरिसकेको छैन । तत्काल उक्त चिह्न दिन नसकिने आयोगले बताइसकेको छ ।

नयाँपत्रीका बाट !

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?