डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख ८, २०८०
|
|
२६ पटक हेरिएको
Shares
डुम्रे बेँसीसहर सडक : उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द

सारांश

  • लमजुङ ।
  • डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ ।
  • सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो ।

लमजुङ । डुम्रे बेँसीसहर सडक अन्तर्गत बेँसीसहर नगरपालिका–१ स्थित उदीपुरखण्ड दैनिक १२ घण्टा बन्द गरिएको छ । सो सडक खण्डको देउराली डाँडामा सडक मर्मत का लागि आजदेखि एक महिनासम्म लागि दैनिक १२ घण्टा बन्द गरिएको हो । डुम्रे बेँसीसहर चामे सडकका इन्जिनियर पुरुषोत्तम अधिकारीले भने, ‘सडक मर्मत गर्नका लागि आगामी जेठको पहिलो हप्तासम्म सडक बन्द गर्न लागेका छौँ ।’

सडक निर्माण अन्तर्गत स्लोप ट्रमिङ र टेवा पर्खाल निर्माण हुने भएको छ । सो अवधिमा यात्रुवाहक सवारी साधनलाई उदीपुर रिठ्ठेबगर जोड्ने बाटो हुँदै चण्डीप्रसाद गण डाइभर्सन सडक प्रयोगमा ल्याइनेछ भने मालवाहक सवारी भने उदीपुर बजारमै पूर्ण रुपमा रोक लगाइएको उनको भनाइ छ ।

यहाँ दुई वर्षदेखि निरन्तर पहिराका कारण अस्थायी रुपमा सडक व्यवस्थापन गर्दै आए पनि दैनिकजसो सुक्खा पहिराले पटक पटक सडक अवरुद्ध हुने मात्र नभई ज्यानै जोखिममा रहँदै यात्रुहरु यात्रा गर्न बाध्य हुँदै आएको थियो । उदिपुरमा पहिराले सडक भत्किएसँगै विसं २०७८ भदौदेखि नै यात्रुहरुले सास्ती भोक्दै आएका छन् ।

सोही पहिराका कारण विभिन्न सवारी साधन दुर्घटनासमेत भएको थियो । त्यस्तै, यस सडकखण्ड बन्द हुने भएपछि बेँसीसहर नगरपालिकाले वैकल्पिक सडकको स्तरोउन्नति गरेको छ । सोही स्थल नजिकैबाट करिब एक किलोमिटर सडक नगरपालिकाको रु १० लाखमा सडक स्तरोन्नति सम्पन्न भएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
रक्षामन्त्री पोखरेललाई केक खुवाउँदै प्रधानमन्त्री ओली
उपप्रधानमन्त्री पोखरेलले गरे पदबहाली
उपप्रधानमन्त्री पोखरेलले गरे पदबहाली
राष्ट्रियसभा निर्वाचनको मतदान सातै प्रदेशमा सुरु
राष्ट्रियसभा निर्वाचनको मतदान सातै प्रदेशमा सुरु
संसदमा गगन थापा : प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डमाथि यसरी खनिए(भिडियोसहित)
सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली
सार्कलाई ठूला मुलुकहरुको स्वार्थ साधनको माध्यम बन्नबाट रोक्नु पर्छ: ओली
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
स्याल र बाघ एकै चोटि कराउदा प्रकाश कटुवाल र भुमिका गिरि को भगाभाग
पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !
पहिरोमा परी १२ जनाको मृत्यु, दर्जनौँ वेपत्ता !
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
अफगानिस्तानमा घानीलाई अब्दुल्लाले राष्ट्रपति नमान्ने
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
काठमाडौंका युवतीलाई बिहे गर्ने भन्दै अनलाइनमार्फत यसरी ठगे विदेशीले
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो
मर्स्याङ्दी बस दुर्घटना: मृत्यु हुनेको संख्या २७ पुग्यो

तपाईंले छुटाउनुभयो कि?