७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २१, २०७३
|
|
७२३ पटक हेरिएको
Shares
७ घण्टादेखि अवरुद्ध मुग्लिन-नारायणगढ सडक एकतर्फी रुपमा सञ्चालान

सारांश

  • मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ ।
  • पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको छ ।
  • सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको हो ।

मुग्लिन-नारायणगढ सडक खण्डको कविलास-६ घुमाउनेमा गएको सुख्खा पहिरोका कारण अवरुद्ध सडक सञ्चालनमा आएको छ । पहिरोका कारण साढे ७ घण्टादेखि अवरुद्ध सडक एकतर्फी रुपमा सञ्चालानमा आएको छ ।

सुख्खा पहिरोमा परी दुई जनाको ज्यान गएको हो । पहिरोमा परी मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

मृत्यु हुनेमा लम्जुङ सुन्दर बजार ३ भोटओडार बस्ने ४५ वर्षीय रेशराज राना रहेका छन् । अर्का एकको पहिचान खुलेको छैन् । बा १० प ४८४४ नम्बरको मोटरसाइकल सवार रानाको घटनास्थलमै मृत्यु भएको हो । उनको मोटरसाइकल पछाडि बसेका १५ वर्षका छोरा सन्दीप राना घाइते भएका छन् ।

उनको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । यस्तै ना ४ ख ५४१९ नम्बरको ट्याङकरका सह चालकको समेत मृत्यु भएको छ । अन्दाजी २८ / २९ वर्षको जस्तो देखिने उनको पूर्ण सनाखत हुन बाँकी छ ।

पुरिएको सवारी साधनमध्ये दुईवटा सवारी साधनको केही भाग मात्रै देखिएको छ । मालबाहक ट्रक, टाटा मोबाइल, कार र टयाङकरसँगै केही मोटरसाइकलहरु पनि पुरिएको प्रहरीले आशंका गरेको छ ।ट्याङकरका चालक पर्सा जिल्ला लछुमनवा १८ वस्ने ३६ वर्षका बनु पटेल समेत घाइते छन् । पहिरोले पाँचवटा सवारी साधन पुरिएको छ ।

माथिबाट खसेको पहिरोले नारायणगढ-मुग्लिन सडकखण्ड पूर्ण रुपमा अवरुद्ध बनेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?