उम्मेदवार बन्न सम्बन्धविच्छेद !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ५, २०७४
|
|
३६० पटक हेरिएको
Shares
उम्मेदवार बन्न सम्बन्धविच्छेद !

सारांश

  • स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् ।
  • वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् ।
  • पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो ।

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा उम्मेदवार बन्न मोरङकी एक महिलाले पतिसँग सम्बन्धविच्छेद गरेकी छन् ।

वडा सदस्यमा उम्मेदवारी दिन विराटनगर १९ की ३८ वर्षीया रिंकुदेवी परियारले पति सवदनारायण सरदार थारुसँग सम्बन्धविच्छेद गरेकी हुन् । पतिपत्नीबीच पाँच दिनअघि जिल्ला अदालतबाट सम्बन्ध विच्छेद गरिएको हो । सम्बन्धविच्छेदपछि रिंकुदेवीले आइतबार जिल्ला प्रशासन कार्यालयबाट माइतीको थरबाट नागरिकतासमेत लिएकी छन् ।

उनलाई दलित महिला कोटाबाट नेकपा एमालेले विराटनगर ११ को वडा सदस्यमा सिफारिस गरेको छ । आजको अन्नपूर्ण पोस्ट दैनिकका अनुसार, दलित महिला कोटामा उक्त वडाबाट सदस्यमा एमालेको सिफारिसमा पर्ने एकजना मात्रै भएपछि उनी उम्मेदवार बन्ने निश्चित छ ।

स्थानीय निर्वाचनमा सबै स्थानीय निकायका प्रत्येक वडामा चुनावी दौडमा रहेका दलहरुले एकजना दलित महिलालार्य सदस्य पदमा अनिवार्य उम्मेदवार बनाउनु पर्ने नीति छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजधानीका यी २१ ठाउँमा आज बत्ति जानेछ
राजधानीका यी २१ ठाउँमा आज बत्ति जानेछ
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
नेपालमा पहिलो पटक आइस स्केटिङ खेलको सुरुवात
नागरिकता विधेयक स्वीकृत नगर्न राष्ट्रपतिलाई चौतर्फी दबाब
प्रदेशसभा २ मा चार भाषामा सपथः ११ जनाले हिन्दीमा
प्रदेशसभा २ मा चार भाषामा सपथः ११ जनाले हिन्दीमा
ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)
ब्वाइफ्रेण्डको होटलमा साम्राज्ञीको बिकिनी अवतार (फोटो फिचर)
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
लीबियाको तट नजिक शरणार्थी चढेको पानी जहाज डुब्यो, १५० को मृत्यु भएको आंशका
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना
१० लाख पार्टी सदस्य पुर्‍याउने एमाले योजना
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई  सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई सम्मान, स्वागत गर्न संघियमन्त्रि जनकपुरमा
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
बालुवाटार बैठकका दृश्यः सोफा फालेर कुसी, नेतालाई बाँडियो कोरोना जन्तर
मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन
मुख्यमन्त्रीद्वारा बम विष्फोट भएको घटनास्थलको अवलोकन