सगरमाथाको आरोहण गर्ने क्रममा दुइ जनाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
|
३३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, ७ जेठ ।
  • विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने क्रममा आइतबार म्यासेडोनियाको आरोही र सोमबार जापानी आरोहीको मृत्यु भएको छ ।
  • शेर्पाहरुको समुहले क्याम्प २ नजिक ३६ वर्षीय जापानी आरोही नोबुकाजु कुरीकीको शव भेट्टाएको बताइएको छ ।

काठमाडौं, ७ जेठ । विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्ने क्रममा आइतबार म्यासेडोनियाको आरोही र सोमबार जापानी आरोहीको मृत्यु भएको छ ।

शेर्पाहरुको समुहले क्याम्प २ नजिक ३६ वर्षीय जापानी आरोही नोबुकाजु कुरीकीको शव भेट्टाएको बताइएको छ । उनले विगतमा पनि पटक–पटक सगरमाथा आरोहणको प्रयास गरेपनि सफल हुन सकेका थिएनन् ।

त्यस्तैगरी ६३ वर्षीय म्यासेडोनियन जोर्जी पेत्कोभ पनि क्याम्प ३ नजिक करिब ७२०० मिटरमा  मृत फेला परेका थिए । उनको आरोहणको क्रममा हर्ट अट्याक भएको बताइएको छ ।

दुबै आरोहीको शव सदरमुकाम ल्याउन प्रयासरत रहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?