पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ २४, २०८०
|
|
४६ पटक हेरिएको
Shares
पहिचानवादीसँग वार्ता गर्न वार्ता टोली गठन

सारांश

  • विराटनगर ।
  • कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।
  • कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए ।

विराटनगर । कोशी प्रदेश नामकरण भएपछि उत्पन्न विवाद समाधान गर्न कोशी प्रदेश सरकारले वार्ता टोली गठन गरेको छ ।

कोशी प्रदेश नामभएसँगै पहिचानवादीले निरन्तर आन्दोलन गर्दै आएका थिए । आन्दोलनलाई मत्थर बनाउन तथा समस्या समाधान गर्न जेठ १५ गते मुुख्यमन्त्री हिक्मतकुमार कार्कीले पहिचानवादीसँग आन्दोलनलाई हिंसात्मक नबनाउन र समस्या समाधान गर्नका लागि वार्तामा आउन आह्वान गर्दै आएका थिए ।

विभिन्न राजनीतिक दलका साथै प्रदेशसभाको बैठकको शून्य समय तथा विशेष समयमा पनि वार्ता टोली गठनका विषयमा चर्चा हुँदै आएको थियो ।

प्रदेश सरकारले आज पहिचानवादीसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री तिलकुमार मेन्याङ्वोको नेतृत्वमा तीन सदस्य वार्ता टोली गठन गरेको हो । उक्त टोलीको सदस्यमा सामाजिक विकासमन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता भक्तिप्रसाद सिटौला रहेको मुख्यमन्त्री कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोशीमा एमालेलाई भोट दिँदैनौँ : नेता उद्धव थापा
कोशीमा एमालेलाई भोट दिँदैनौँ : नेता उद्धव थापा
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
विद्यार्थी द्वारा टिपर दुर्घटनामा ज्यान गुमाएकाकाे परिवारलाई राहत रकम प्रदान !
सडक नाटकको ३५ वर्ष !
सडक नाटकको ३५ वर्ष !
यसकारण भए प्रधानमन्त्रीसंग कञ्चनपुरबासी रुष्ट !
यसकारण भए प्रधानमन्त्रीसंग कञ्चनपुरबासी रुष्ट !
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
प्रधानमन्त्रीको राजिनामा माग्न वालुवाटार पुगे ओली र प्रचण्ड, राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेशबारे पनि छलफल चल्दै
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
आत्मनिर्भर अर्थतन्त्रका लागि औद्यागिक पूर्वाधार र प्राकृतिक स्रोतको सदुपयोग आवश्यक
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
ट्रमा सेन्टरमा घाइते घटे बिरामी , सम्भावित सङ्क्रमितको उपचारमा तत्पर
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
रास्वपाले भन्यो: संवैधानिक परिषदमा बहुमत पुर्‍याउन उपसभामुख रानाको पत्र लिक गरियो
कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला
कांग्रेस एकजुट भए कसैले प्ररास्त गर्न नसक्ने : शशांक कोइराला
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)
प्रतिकूल समयमा सङ्घीय संसद्को भूमिका झनै महत्वपूर्ण हुन्छ : सभामुख (अन्तर्वार्ता)