सुन प्रकरण: अभियुक्तको पक्षमा बहस गर्ने यी सांसद !

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ ७, २०७५
|
१४
|
२० पटक हेरिएको
Shares
सुन प्रकरण: अभियुक्तको पक्षमा बहस गर्ने यी सांसद !

सारांश

  • विराटनगर, ७ जेठ ।
  •   एक नम्बर प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारीले आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गरेका छन् ।
  • बहुचर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको सरकारवादी मुद्दामा सांसद समेत रहेका अधिकारीले प्रतिवादीको पक्षमा बहस परेपछि उनी विवादमा तानिएका हुन् ।

विराटनगर, ७ जेठ ।  एक नम्बर प्रदेशसभा सदस्य लिला बल्लभ अधिकारीले आफ्नै नेतृत्वमा बनेको समितिले तयार पारेको नियमावलीको उल्लंघन गरेका छन् ।

बहुचर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको सरकारवादी मुद्दामा सांसद समेत रहेका अधिकारीले प्रतिवादीको पक्षमा बहस परेपछि उनी विवादमा तानिएका हुन् ।

साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या अभियोगमा पक्राउ परेकाहरुको पक्षमा वहस गर्दै अधिकारी आफ्नै नेतृत्वमा बनेको प्रदेश नम्बर १ को प्रदेश सभा नियमावली २०७४ को भावना बिपरित उभिएका हुन् ।

जिल्ला अदालत मोरङको इजलाशमा जारी थुनछेक वहसमा आइतवार प्रतिवादी नेपाल प्रहरीका निलम्बित सई बालकृष्ण सञ्जेलको पक्षमा अधिकारीले बहस गरे । राज्य संचालनको ३ अंग कार्यपालिका, ब्यवस्थापिका र न्यायपालिका एक अर्काका लागि कानून कार्यान्वयन र बिधिको शासन सिकाउने संस्थाका रुपमा स्थापित निकाय हुन्   । सरकारवादी मुद्दामा  ब्यवस्थापिका संसदका सदस्य नै प्रतिवादीको पक्षमा बहसमा उत्रिनु अश्वभनिय र नैतिकता बाहिरको बिषय बनेको न्यायीक क्षेत्रका जानकारहरु बताउँछन्  । बहसका क्रममा उनले राम्रो काम गर्ने प्रहरीलाई फसाउन खोजिएको बताए ।

माथिल्लो निकायबाट आएको निर्देशन बमोजिम प्रहरी अधिकारी पक्राउ गर्न आउँदा सञ्जेललाई फसाइएको अधिकारीको जिकिर छ ।

प्रदेश नम्बर १ को  प्रदेश सभा बैठकमा केही दिन अघिको शून्य समयमा बोल्दै सांसदहरुले सुन तस्करी र हत्यामा संलग्नलाई पक्राउ गरी कडा कार्वाहीको माग राखेका थिए । तर त्यही संसदका एक जना सदस्य भने त्यही घटनासँग जोडिएका व्यक्तिको पक्षमा बहस गर्न झोला बोक्दै पुगे ।

कानून व्यवसायी अधिकारी प्रदेश सभा निर्वाचनमा एमाले–माओवादी गठबन्धनबाट मोरङ क्षेत्र नम्बर २ को प्रदेश ‘ख’बाट निर्वाचित भएका थिए ।

कानून ब्यवसायी अधिकारी कै नेतृत्वमा गठित समितिले प्रदेश सभा नियमावली तयार पारेको थियो । नियमावलीको नियम १७८ (ख) मा समाजमा विद्यमान सार्वजनिक नैतिकता र आचरण अनुकुलको ब्यवहार सदैब गर्ने लेखिएको छ ।सोही नियमावलीको नियम १८० मा आचरण अनुगमन समिति गठन गर्ने ब्यवस्था छ । तर प्रदेश सभाले आचरण अनुगमन समिति गठन गरेको छैन ।

अधिकारीले अदालतमा बहस गरेपछि समिति गठन गर्ने समेत नैतिक दवाव बढेको छ । अधिकारीले आफू  कुनै न्यायीक समितिमा नभएकोले बहस गर्न अप्ठेरो नपर्ने प्रतिक्रिया दिए ।  आइतवारसम्म ५४ जना प्रतिवादी तर्फका वकिलहरुले प्रतिरक्षा गर्दै बहस गरेका छन् ।

प्रतिक्रिया

14 कमेन्ट

    Comment Author

    Krishna Thakuri

    यो पनि चाेर नै हो दलाल हो

    Comment Author

    Resham Khadka

    को भन्दा को कम छ र? यो देशमा दलालै दलालको देश

    Comment Author

    Chhabi Dhakal

    निलम्बन तु किन नगरेकाे

    Comment Author

    Narbahadaur Kunwar

    तेस्मा तिनको पनि संलग्ता छ भन्ने ठोस प्रमाण हो

    Comment Author

    Abbot Nepal

    यसलाई सिधा माटोमा मिलाउनुपर्ने भयो। यस्तै ले गर्दा सोझो निमुखा जनताले दुःख पाइरहेको छ। अपराधी लाइ संरक्षण गर्ने भनेको केवल अपराध मा संलग्न हुने हरु र वेश्याको सन्तान ले मात्र हो।

    Comment Author

    Parshu Rai

    Deska gaddar haru

    Comment Author

    Bhupendra Chamlagain

    Yo chor raxa yaslai tu karbahi gar sarkar

    Comment Author

    Rc Bhandari

    नाइ नाइ ? सायद यो समाचार गलत हुनसक्छ? होइन भने? उहाँ सर्बहारा जनताको नेतृत्व गर्ने बामपंथी नेता एबम जेट जाहाजका पाइलट्को चेलाहुन! सावाधान तपाईं हाम्रो जिवन चक्रपनि क मदन भण्डारी को जस्तै होला??? थुइक्क?तैले नेपाली समाजमा बाच्नुको कुनै औचित्य छैन!

    Comment Author

    Babu Raja

    Nalayak

    Comment Author

    Naresk Karki

    थाहा भे अब सर्बहारा जनताको नेतृत्व गर्ने बामपंथी नेता काम

    Comment Author

    Meera Heju

    कतै यी माननियले सुन तान्ने मौका पाएका त थिएनन ? अब संसदमा निलम्बन भए पनि पद जाने डर नहुनाले पनि होला दिलैदेखी समर्थन गरेका ? फेरि , ठुलाबढा अधिवक्ताहरुले लाइन लागेर नै सुनकाण्डमा मुछिएकाहरुको पक्षमा कम्मर कसेर ,घुडा धस्रेर अदालतमा बहस गर्दैछन भने ? यी माननीय ? होइन ताननियले सुनकाण्डका मतियारहरुको पक्षमा बोल्दा के आश्चर्य हुनु ?

    Comment Author

    Lila Bikram Baral

    लीला वल्लभ अधिकारीलाई तुरुन्त बर्खास्त गर ओलि सरकार !

    Comment Author

    Bahadur Singh Bhat

    कठै बाम एकता?

    Comment Author

    Soobash Khadka

    Aslai ne kochnu parxa jall ma

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 14
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?