अख्तियारकाे विकल्प प्रभावकारी अख्तियारः प्रस्तावित प्रमुख घिमिरे

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ४, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अख्तियारकाे विकल्प प्रभावकारी अख्तियारः प्रस्तावित प्रमुख घिमिरे

सारांश

  • काठमाडाैँ, ४ असाेज ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयाोगको प्रमुख आयुक्तमा संवैधानिक परिषद्‍बाट सिफारिस भएका नवीनकुमार घिमिरेले अख्तियारकाो विकल्प सबल र प्रभावकारी अख्तियार भएको बताएका छन्।
  • संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार सुनुवाइको क्रममा घिमिरेले अख्तियारलाई समय अनुसार परिवर्तन गरेर जानुपर्ने बताए।
काठमाडाैँ, ४ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयाोगको प्रमुख आयुक्तमा संवैधानिक परिषद्‍बाट सिफारिस भएका नवीनकुमार घिमिरेले अख्तियारकाो विकल्प सबल र प्रभावकारी अख्तियार भएको बताएका छन्।
संघीय संसदको संसदीय सुनुवाइ समितिमा बिहीबार सुनुवाइको क्रममा घिमिरेले अख्तियारलाई समय अनुसार परिवर्तन गरेर जानुपर्ने बताए। १६ पेजको आफ्नो कार्ययोजना सार्वजनिक गरेका उनले ‘अख्तियारको विकल्प अझ सक्षम, सबल, सुदृढ र प्रभावकारी अख्तियार’ रहेको बताए। घिमिरेले सार्वजनिक संस्थाबाट जनताले सहज रूपमा सेवा प्राप्त गर्नका लागि अख्तियारले भूमिका खेल्ने बताए। सेवा प्रवाहमा सहजता ल्याउन भ्रष्टाचार नियन्त्रण गर्नुपर्ने उनको भनाइ थियो।
घिमिरेले अख्तियारलाई कागजको प्रयोग बाट मुक्त गर्ने, अनुसन्धानलाई प्रचारमुखी भन्दापनि गोपनीय र प्रभावकारी छानबिन गर्ने, अदालतमा मुद्दा तथ्यमा आधारित रूपमा राख्ने लगायतका कार्ययोजना सार्वजनिक गरेका थिए। उनले अख्तियारलाई सूचना र प्रविधिमा आधारित बनाउने र कर्मचारीकाो क्षमता अभिवृद्धि गर्ने बताए। घिमिरेले अख्तियारले देशको समृद्धिलाई सघाउ पुर्‍याउन आफू तयार रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?