नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक ३, २०७९
|
|
३९ पटक हेरिएको
Shares
नवौँ राष्ट्रिय खेलकुद आज समापन हुँदै

सारांश

  • कास्की।
  • गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ।
  • प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.

कास्की। गण्डकी प्रदेशका विभिन्न आठ जिल्लामा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको आज समापन गरिने कार्यक्रम छ।

प्रतियोगिता आयोजक राष्ट्रिय खेलकुद परिषद्का अनुसार आज दिउँसो २.३० बजेपछि पोखरा रङ्गशालामा गरिने भव्य समापन समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन्। यसअघि गत असोज २८ गते राष्ट्रिय खेलकुदको उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए।

समापन समारोहमा विभिन्न सांस्कृतिक कार्यक्रम, झाँकी, गीत सङ्गीत तथा नृत्यलगायतका कार्यक्रम आयोजना गरिने प्रचार प्रसार उपसमितिका सचिव खुसराज दाहालले जानकारी दिए। उनका अनुसार १० औँ राष्ट्रिय खेलकुद आयोजना हुने प्रदेशसमेत समारोहमा घोषणा गरिने र सो प्रदेशलाई झण्डा हस्तान्तरण हुनेछ।

प्रतियोगिता समापन अघि पोखरा रङ्गशालामा पुरुष फुटबल प्रतियोगिताको फाइनल खेल हुनेछ। विभागीय नेपाली सेना र अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफका बीच फुटबलको स्वर्ण पदकका लागि खेल हुने आयोजकले जनाएको छ।

नवौँमा ३६ र दुई प्रदर्शनी गरी ३८ खेल सञ्चालन भएका छन्। केही खेलको फाइनल सकिएको छ भने बाँकीको आज हुँदैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
नेपालले भारतीय पर्यटक आकर्षित गर्नुपर्छः उत्तरप्रदेशका पूर्वमुख्यमन्त्री पाल
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
स्वास्थ्यमन्त्री बस्नेत स्वदेश फिर्ता
सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी
सर्लाहीको बरहथवा नगरपालिकामा कर्फ्यू जारी
निर्वाचन आयोगमा भेटियो यस्तो मनपरि !
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
गोदावरी राष्ट्रिय वनस्पति उद्यानको आम्दानी बढ्यो
काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
काम नगरी बतासिएर हिड्ने एमाले अब काम लाग्दैन : महासचिव पोखरेल
नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति
नेपाली सेनाले विश्वमा मुलुकको प्रतिष्ठा बढाएको छ : प्रधानसेनापति
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
सन् २०१९ वर्षको विश्व राजनीति : चर्चाको शिखरमा अमेरिका
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस्ः अध्यक्ष दाहाल
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने
प्रधानन्यायाधीशको सुनुवाई प्रक्रिया थालियो, उजुरीकर्तालाई वैठकमा जान नदिइने