प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १८, २०७५
|
|
२४ पटक हेरिएको
Shares
प्रगतिशील लेखक संघमा के कारण देखियो विवाद !

सारांश

  • काठमाडौं ।
  • एघारौँ राष्ट्रिय सम्मेलनको तयारीमा रहेको प्रगतिशील लेखक संघमा विवाद देखिएको छ ।
  • केही पदाधिकारी र सल्लाहकारले सम्मेलन बहिष्कार गर्ने जनाएपछि विवाद देखिएको हो ।

काठमाडौं । एघारौँ राष्ट्रिय सम्मेलनको तयारीमा रहेको प्रगतिशील लेखक संघमा विवाद देखिएको छ । केही पदाधिकारी र सल्लाहकारले सम्मेलन बहिष्कार गर्ने जनाएपछि विवाद देखिएको हो । संघका अध्यक्ष मातृका पोखरेल, महासचिव आरएम डंगोलले विज्ञप्ति निकाली संस्थाबाट अलग हुने घोषणा गरेकाले आरोपमा आधार नभएको जिकिर गर्दै प्रलेसमा कुनै विभाजन नआएको स्पष्ट गरेका छन् ।

प्रलेसको एघारौँ राष्ट्रिय सम्मेलन यही चैत २२ र २३ गते काठमाडौँमा हुँदैछ । २००९ सालमा श्यामप्रसाद शर्माको नेतृत्वमा स्थापित बनेको सो संस्था वामपन्थी स्रष्टाहरुको साझा मोर्चा मानिन्छ । कुनै बेला प्रलेसमा कमलमणि दीक्षित, धर्मराज थापा, कृष्णचन्दसिंह प्रधान, गोकुल जोशी जस्ता स्रष्टा थिए । रमेश विकल, गोविन्द भट्ट, आनन्ददेव भट्ट, निनु चापागाईं, घनश्याम ढकाल र अमर गिरीले संस्थाको नेतृत्व लिइसकेका छन् ।

विज्ञप्तिमा राष्ट्रियता, जनतन्त्र, जनजीविका र भूमण्डलीकृत सांस्कृतिक साम्राज्यवाद–विरुद्धको मूल एजेण्डामा एकै ठाउँमा उभिएर जान सकिने भन्दै हालै सम्पन्न प्रलेस काठमाडौं सम्मेलन वैधानिक रहेको दाबी गरिएको छ । प्रलेसले मातृभाषा विभाग खडा गरे पनि जिम्मेवारी लिनेहरुले उचित काम नगरी तिनैले नेतृत्वमा आक्षेप लगाइनु औचित्यहीन भएको जनाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?