भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ६, २०७९
|
|
५९ पटक हेरिएको
Shares
भारतीय सेनाको नयाँ प्रमुखमा लेफ्टिनेन्ट जनरल मनोज पाण्डे

सारांश

  • नयाँ दिल्ली।
  • भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन्।
  • उनले १ वैशाखदेखि पदभार ग्रहण गर्नेछन्।

नयाँ दिल्ली। भारतीय सेनाका उपप्रमुख लेफ्टिनेन्ट जनरल मनोज पाण्डे भारतीय सेनाको नयाँ प्रमुखमा नियुक्त भएका छन्। उनले १ वैशाखदेखि पदभार ग्रहण गर्नेछन्। कोर्पस अफ इन्जिनियर्सबाट प्रधानसेनापति बन्ने उनी पहिलो अधिकृत हुन् । उनी जनरल मनोज मुकुन्द नरवणेको उत्तराधिकारी हुनेछन्। नरवणेको कार्यकाल ३० अप्रिलमा पूरा हुँदैछ।
‘सरकारले लेफ्टिनेन्ट जनरल मनोज पाण्डेलाई नयाँ सेना प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय गरेको छ’, रक्षा अधिकारीहरूको भनाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ।
नेसनल डिफेन्स एकेडेमीका पूर्वछात्र लेफ्टिनेन्ट जनरल पाण्डे सन् १९८२ को डिसेम्बरमा कोर्पस अफ इन्जिनियर्समा भर्ती भएका थिए। उनले जम्मु कश्मीरको नियन्त्रण रेखाको किनारमा पल्लनवाला सेक्टरमा अपरेसन पराक्रममा इन्जिनियर रेजिमेन्टको कमाण्ड गरेका थिए।[image: Manoj-Pande-Indian-Army-Chief.jpg]

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
मधुमेहको निशूल्क रगत परिक्षण शिविर सम्पन्न
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
कङ्ग्रेस जन हरु आफ्नो पार्टीको चुनाव चिन्ह गोलाकार भित्र को हसिया हतौडा हुदा गर्व गरेको छन र माओवादी केन्द्र का मित्र हरु चुनाव चिन्ह रुख हुदा भुइँमा खुट्टा छैन ।-सरोज शर्मा ओली
रविना टण्डनकी छोरी अजय देवगनसँग डेब्यु गर्दै
रविना टण्डनकी छोरी अजय देवगनसँग डेब्यु गर्दै
फरार अभियुक्त १६ वर्षपछि पक्राउ
फरार अभियुक्त १६ वर्षपछि पक्राउ
यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात
यू १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले विजयी सुरुवात
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
संविधानले महिलामाथि हुने सबै भेदभावको अन्त्य गर्ने व्यवस्था गरेको छ : प्रधानमन्त्री देउवा
कैदीबन्दीलाई छैन मताधिकार
कैदीबन्दीलाई छैन मताधिकार
भावी आर्मी चिफका लागि सेनामा अन्यौल
भावी आर्मी चिफका लागि सेनामा अन्यौल
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
कुलमानको सफलताः विद्युत प्राधिकरणको नाफा १४९ प्रतिशतले बढ्यो
खोइँछ भर्ने विधि गरिँदै