तपाईंलाई सांसद बनाएका हौं, कम्प्युटरले नाम हटायो त के गर्ने : केपी ओली
सारांश
- काठमाडौं, पुस २३ ।
- बागलुङका गोविन्द नेपाली अहिले पार्टी केन्द्रीय सदस्य हुन् ।
- स्थायी कमिटीले उनलाई २०७० सालको संविधानसभामा समानुपातिक सभासद् बनाउने निर्णय ग¥यो ।
काठमाडौं, पुस २३ । बागलुङका गोविन्द नेपाली अहिले पार्टी केन्द्रीय सदस्य हुन् । स्थायी कमिटीले उनलाई २०७० सालको संविधानसभामा समानुपातिक सभासद् बनाउने निर्णय ग¥यो । तत्कालिन अञ्चल इन्चार्जले फोन गरेर बधाईसमेत दिएका थिए ।
निर्वाचन आयोगमा बन्दसूची पेस गर्ने बेलामा नुवाकोटका गोविन्द नेपालीको नाम हालेर पठाइयो । अहिलेका पार्टी अध्यक्ष केपी शर्मा ओलीले बागलुङका नेपालीलाई भेट्दा भन्छन्, ‘हामीले त पहिले नै तपाईंलाई सांसद बनाएका हौं, कम्प्युटरले तपाईंको नाम हटायो त के गर्ने ?’
बाग्लुङका गोविन्द भन्छन्, ‘यसपटक त मैले समानुपातिक बन्दसूचीमा नाम नराखी पाऊँँ भनेर पार्टीमा निवेदन हालेको थिएँ । जबरजस्ती राखियो । नाम नम्बर चारमा राखिएको छ । यसपटक बन्दसूचीमा पहिलो नम्बरमै रहेको पुरुष आउँदैन भन्ने मलाई थाहा थियो । ठूलो पार्टीमा यस्तो हुन्छ भने साना–साना पार्टीमा त झन् कस्तो होला ।’
गोविन्द नेपालीले यसै विषयमा तीन÷चारवटा लेख लेखेका पनि थिए । बेकारमा तनाव दिने काम भएको छ । उनी भन्छन्, ‘उत्पीडित जाति मुक्ति समाजको महासचिव (मलाई) जस्तो मानिसलाई नराखेर हुन्न भन्छन् । कानुनले केही नभनेपनि समानुपातिक सूचीमा परेपछि अन्यत्र कतै जान पनि नैतिकताले बाँध्दो रहेछ ।’
बन्दसूची भनेको वैैकल्पिक व्यवस्था हो । कुनै मानिसको मृत्यु भयो, भाग्यो वा कारबाहीमा प¥यो भने त्यसको सट्टामा राख्ने तिमी वेयटिङवाला हैै भनेर भन्छन् । कुनै दलको बन्दसूचीमा परेको मानिस संवैधानिक निकायमा जान पनि नैतिकताले मिलेन । कसैलाई पीडा दिनुप¥यो भने तँलाई बन्दसूचीमा राखियो भने हुन्छ ।
प्रत्यक्ष निर्वाचनबाट सांसद हुनेलाई आयोगले तुरुन्तै परिचयपत्र दिइहाल्छ, नेपाली गुनासो पोख्छन्, ‘समानुपातिकमा पर्नेलाई त्यो पनि दिँदैन । समानुपातिक उम्मेदवार मतदान केन्द्रमा समेत जान पाइँदैन । मतदान केन्द्रमा अनुगमनकर्ता जान पाउँछ, पत्रकार जान पाउँछ तर समानुपातिक उम्मेदवार जान पाउँदैन । आयोगले उम्मेदवार पार्टी हो, तपाईं (व्यक्ति) होइन भन्छ । मतगणनामा उम्मेदवारको हैसियतमा जान पनि पाइँदैन ।’
प्रतिक्रिया