तराईमा आज धुमधामसँग होली मनाइँदै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १८, २०७४
|
|
३० पटक हेरिएको
Shares
तराईमा आज धुमधामसँग होली मनाइँदै

सारांश

  • काठमाडौं, १८ फागुन – आज अर्थात शुक्रबार तराइका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ ।
  • हिजो हिमाली र पहाडी क्षेत्रमा होली मनाइएको छ भने आज तराइमा होली विशेष महत्वका साथ मनाइँदैछ ।
  • रङ्गहरुको पर्व मानिने होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिइन्छ ।

काठमाडौं, १८ फागुन – आज अर्थात शुक्रबार तराइका जिल्लाहरुमा फागु अर्थात होली पर्व मनाइँदैछ । हिजो हिमाली र पहाडी क्षेत्रमा होली मनाइएको छ भने आज तराइमा होली विशेष महत्वका साथ मनाइँदैछ । रङ्गहरुको पर्व मानिने होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिइन्छ । साथै साथीसङ्गी, आफन्त भेटघाट गरी होली खेल्ने, खानपीन गरी पनि मनाउने गरिन्छ ।

होलीको अवसरमा सरकारले शुक्रबार तराइका जिल्लामा सार्वजानिक विदा दिएको छ । हिजो पहाडी र हिमाली जिल्लामा सार्वजनिक विदा दिएको थियो । वसन्त ऋतुको आगमनको सुरुवातसँगै आउने फागु पर्व एकआपसमा खुसीयाली साटासाट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाइएको छ । साथै आज तराईमा पनि धुमधामका साथ मनाइने छ ।

होलीको पौराणिक मान्यता रहेको छ । जस अनुसार सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ ।

होलीमा प्रयोग गरिने रङहरूको आ–आफ्नै महत्व रहेको छ । विभिन्न अर्थ दिइने निलो रङलाई धर्मयुद्धको प्रतीक मानिन्छ । पहेँलो रङ भगवान विष्णु र श्रीकृष्णको प्रिय रङ हो । भगवान गणेशलाई सबै रङ मन पर्ने तथा रातो रङलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?