बैतडीमा १३५ केन्द्रका मतपेटिका सदरमुकाम ल्याइयो
सारांश
- बैतडी, मंसिर ११ – बैतडीमा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउने क्रम चलिरहेको छ ।
- मतदान सकिए लगत्तै मतपेटिका ल्याउन सुरु गरिएकोमा अहिलेसम्म १ सय ३५ मतदान केन्द्रको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
- बाँकी रहेका ठाउँमा पनि ल्याउनेक्रम चलिरहेको र सोमबार दिउँसोसम्म सबै ठाउँका मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशिले जानकारी दिनुभयो ।
बैतडी, मंसिर ११ – बैतडीमा मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम ल्याउने क्रम चलिरहेको छ । मतदान सकिए लगत्तै मतपेटिका ल्याउन सुरु गरिएकोमा अहिलेसम्म १ सय ३५ मतदान केन्द्रको मतपेटिका ल्याइएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो ।
बाँकी रहेका ठाउँमा पनि ल्याउनेक्रम चलिरहेको र सोमबार दिउँसोसम्म सबै ठाउँका मतपेटिका ल्याइने प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशिले जानकारी दिनुभयो ।
मतपेटिकालाई नगरपालिकाको हलमा भण्डारण गरिएकोले सुरक्षा व्यवस्था पनि कडा पारिएको उहाँले बताउनुभयो । बैतडीमा कुल १ सय ८२ मतदान केन्द्र तोकिएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया