अग्रता बढाउँदै बालेन, पछ्याउँदै स्थापित

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १, २०७९
|
|
२९ पटक हेरिएको
Shares
अग्रता बढाउँदै बालेन, पछ्याउँदै स्थापित

सारांश

  • काठमाडौं।
  • काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्।
  • पछिल्लो मतपरिणाम अनुसार बालेनले १५७५ मतसहित अग्रता कायम गरेका हुन्।

काठमाडौं। काठमाडौं महानगरपालिकाको जारी मतगणनामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेस साहले फराकिलो अग्रता कायम गरेका छन्। पछिल्लो मतपरिणाम अनुसार बालेनले १५७५ मतसहित अग्रता कायम गरेका हुन्।

उनलाई नेकपा एमालेका मेयर पदका उम्मेदवार केशव स्थापितले पछ्याइरहेका छन्। स्थापितले ९८५ मत प्राप्त गरेका छन्। यसैगरी तेस्रो नम्बरमा रहेकी नेपाली कांग्रेसका मेयर पदका उम्मेदवार सृजना सिंहले ८ सय २५ मत प्राप्त गरेकी छन्।

यसैगरी काठमाडौं महानगरपालिकाको उपमेयर पदमा नेकपा एमालेका सुनिता डंगोल भारी मतान्तरले अगाडि छन्। उनले १७४३ मतले अग्रता लिइरहँदा गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन्। तेस्रो स्थानमा राप्रपाका उम्मेदवार बिनिता मगैयाले २०८ मत पाएकी छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?