बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १५, २०७५
|
|
१७ पटक हेरिएको
Shares
बारको चुनाव : नयाँ अधिवक्ताले भोट दिन पाएनन्

सारांश

  • काठमाडौं ।
  • नेपाल बार एशोसिएनको भोलि शनिबार हुने २५औँ केन्द्रीय कार्यसमितिको चुनावमा करिब १८ सय नयाँ अधिवक्ताले भोट दिन नपाउने भएका छन् ।
  • सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज निर्वाचनमा भाग लिन नपाउनुका कारण देखाउ आदेश जारी गरेपछि मतदानबाट बञ्चित हुने भएका हुन् ।

काठमाडौं । नेपाल बार एशोसिएनको भोलि शनिबार हुने २५औँ केन्द्रीय कार्यसमितिको चुनावमा करिब १८ सय नयाँ अधिवक्ताले भोट दिन नपाउने भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले आज निर्वाचनमा भाग लिन नपाउनुका कारण देखाउ आदेश जारी गरेपछि मतदानबाट बञ्चित हुने भएका हुन् । बारको निर्वाचन आउन एकदिन मात्र बाँकी रहेको बेला सर्वोच्चले कारण सोधेको हो ।

रुकुम जिल्ला बार एकाइका संस्थापक कोषाध्यक्ष लोकेन्द्र ओली र काठमाडौं जिल्ला बार एकाइका सदस्य उमा प्रसार्इंले पेश गरेको रिट निवेदन सर्वोच्च प्रशासनले यही चैत ८ गते दरपीठ ९दर्ता गर्न अस्वीकार० गरेको थियो । त्यस दरपीठविरुद्ध इजलासमा निवेदन परेको थियो । निवेदनमाथि सुनुवाइ हुँदा बिहिबार कारण देखाउ आदेश जारी भएको छ ।

निर्वाचनमा मताधिकारबाट बञ्चित भएपछि मतदान गर्न पाउनुपर्ने माग राख्दै पेश गरेको रिट निवेदन सर्वोच्च अदालत प्रशासनले दरपीठ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?