दाहालको निधन प्रति राष्ट्रपतिबाट समवेदना प्रकट ।

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ३, २०७४
|
|
२० पटक हेरिएको
Shares
दाहालको निधन प्रति राष्ट्रपतिबाट समवेदना प्रकट  ।

सारांश

  • काठमाडौँ, ३ मंसिर राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।
  • राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।
  • समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट गरेको छ।

काठमाडौँ, ३ मंसिर

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का सुपुत्र तथा नेकपा ९माओवादी केन्द्र०का पोलिटब्युरो सदस्य प्रकाश दाहालको आकस्मिक तथा असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीका सञ्चारविज्ञ माधव शर्माको नेतृत्वमा सचिवालयका पदाधिकारीहरुको एक समूहले आज माओवादी केन्द्र मुख्यालय, पेरिसडाँडामा अध्यक्ष प्रचण्डसँग भेट गरी राष्ट्रपतिका तर्फबाट दुःख प्रकट गर्दै शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ ।

समूहले स्व दाहालको पार्थिव शरीरमा श्रद्धाञ्जलि प्रकट गरेको छ।
समूहमा राष्ट्रपतिका परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, राजनीतिक विज्ञ सुशील प्याकुरेल तथा राष्ट्रपतिका प्रमुख स्वकीय सचिव भेषराज अधिकारी हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?