धनगढी एक साताका लागि ‘लकडाउन’

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २६, २०७७
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • सिरहा, साउन २६ ।
  • जिल्लाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।
  • छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो ।

सिरहा, साउन २६ । जिल्लाको धनगढीमाई नगरपालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेको जनाउँदै एक साताका लागि नगरक्षेत्रमा लकडाउन जारी गरेको छ ।

छिमेकी गोलबजार नगरपालिकामा कोरोना सङ्क्रमित युवकको मृत्यु भएको र लहान नगरपालिकामा पनि तीव्ररुपमा सङ्क्रमित भेट्न थालेपछि धनगढीमाई नगरपालिकाले आजदेखि यही साउन ३२ गतेसम्म लकडाउन गरेको हो ।

भीडभाड हुने हाटबजार क्षेत्र पसल, होटल र जनसम्पर्क अधिक हुने निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीमा समेत सङ्क्रमण देखिएकाले समुदायस्तरमा फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सङ्क्रमण फैलिन नदिन लकडाउन गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाईले जानकारी दिए ।

लकडाउनको अवधिभर अत्यावश्यक सेवाबाहेक हाटबजार क्षेत्र पसल, होटल र निजी सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द रहने उनले बताए । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिन सक्ने जनाउँदै यहाँको लहान , गोलबजार , मिर्चैया र सिरहा नगरपालिकाले यसअघि नै यही साउन ३२ सम्म लकडाउन जारी गरिसकेको छन् । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

लौ आयो हजुर नेपालमा रेल !
लौ आयो हजुर नेपालमा रेल !
टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै
टोखामा पाँच उद्यान बन्ने, दुई निर्माण हुँदै
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
ग्राण्डी अस्पतालमा ल्याण्डिङका क्रममा सिम्रिकको हेलिकोप्टर दुर्घटना
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
आज साउनको पहिलो सोमबार, बिहानैदेखि पशुपतिमा भिड
नमस्ते नेपालले लागुुऔषध तथा महिला हिंसा बिरुद्ध महाअभियान सञ्चालन गर्दै
घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ
घुससहित नापी कार्यालय भरतपुरका कर्मचारी पक्राउ
एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
एनसेलबाट ३ महिनाभित्र ६० अर्ब ७१ करोड लाभकर असुल्न सर्वोच्चको आदेश
उदयपुरमा एकै परिवारका तीनजनाको हत्या
उदयपुरमा एकै परिवारका तीनजनाको हत्या
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
तपाईलाई अर्थमन्त्रीले बजेट पेश गर्न लाग्दा ब्रिफकेस खोसेर तोड्ने प्रतिपक्ष चाहिएको हो ?: विश्वप्रकाश शर्मा
मेक्सिकोमा कोरोना संक्रमितमध्ये ७५ हजारको मृत्यु