रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १६, २०८१
|
|
३२ पटक हेरिएको
Shares
रोमाञ्चक सुपर ओभरमा भारत विजयी, श्रीलंकाविरुद्धको टी-२० सिरिज क्लीन स्वीप

सारांश

  • काठमाडौं।
  • भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ।
  • मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो।

काठमाडौं। भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा सुपर ओभरमा रोमाञ्चक जित हासिल गरेको छ। मंगलबार राति सम्पन्न खेलमा भारतले दिएको १३८ रनको लक्ष्य पछाएको श्रीलंकाले २० ओभरमा ८ विकेट गुमाउँदै १३७ रन बनाएपछि खेलको निर्णय सुपर ओभरमा भएको थियो।

यस अघि भारतले पहिला ब्याटिङ गर्दै २० ओभरमा ९ विकेट गुमाएर १३७ रन बनाएको थियो। सुपर ओभरमा श्रीलंकाले केवल २ रन मात्र बनाएपछि भारतले पहिलो बलमा नै खेल जितेको थियाे।

योसँगै भारतले टी- २० सिरिज ३-० ले क्लीन स्वीप गरेको छ। यस अघि सम्पन्न दुवै खेलमा भारतले जित हासिल गरेको थियो। श्रीलंका टूरमा रहेको भारतले अब आइतबारदेखि एकदिवसीय सिरिज खेल्ने छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?