अत्यधिक चिसोपछि विद्यालय बन्द

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष १८, २०७५
|
|
६५ पटक हेरिएको
Shares
अत्यधिक चिसोपछि विद्यालय बन्द

सारांश

  • काठमाडौँ,१८ पुस ।
  • अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।
  • सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ ।

काठमाडौँ,१८ पुस । अत्यधिक चिसोका कारण सोमबारदेखि जिल्लाका निजी तथा सामुदायिक विद्यालय ४५ दिनका लागि बन्द भएका छन् ।

सरकारले हुम्लालगायत हिमाली जिल्लामा चिसो अत्यधिक हुने भएका कारण बर्सेनी बिदा दिँदै आएको छ । आइतबार वार्षिक परीक्षा सम्पन्न गरी विद्यालय बन्द गरिएको सदरमुकाम सिमकोटस्थित बालमन्दिर माविका शिक्षक कैलाश रोकायाले बताउनुभयो ।

“आगामी फागुन १ गतेसम्म विद्यालय बन्द रहने छ, अनी नयाँ शैक्षिक सत्रको शुरुआत गरिनेछ,” मानसरोवर माविका शिक्षक रेशमराज रोकायाले भन्नुभयो । जिल्ला शिक्षा विकास तथा समन्वय एकाइका वर्ष फडेराका अनुसार चिसोका कारण जिल्लाका १५१ विद्यालय बन्द भएका छन् । यी विद्यालयमा १७ हजारभन्दा बढी छात्रछात्रा अध्ययनरत छन् ।

विस्फोटक पदार्थ ढुवानी

कर्णाली करिडोरअन्तर्गत हिल्सा–सिमकोट सडक आयोजनाको याछरा भीर फुटाउनका लागि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको छ । नेपाली सेनाको हेलिकप्टरमार्फत मङ्गलबारदेखि विष्फोटक पदार्थ ढुवानी गर्न थालिएको हिल्सा–सिमकोट सडक आयोजनाका प्रमुख इञ्जिनीयर शशाङ्क मिश्रले जानकारी दिनुभयो ।

काठमाडौँबाट सुर्खेतहुँदै विष्फोटक पदार्थ हुम्ला ढुवानी गरिएको हो । सो विस्फोटक पदार्थ सिमकोट–हिल्सा, खार्पुदेखि सुनाखाडा र छारेदेखि सलिसल्लासम्मको सडक निर्माणमा प्रयोग गरिने मिश्रले बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !
‘छक्का पन्जा २’ बन्याे पपुलर फिल्म, यी भए भए उत्कृष्ट कलाकार !
पर्दामा किस नखाने कसम खाएका यी बलिउड कलाकार, केही छन् विश्वास नलाग्दा !
पर्दामा किस नखाने कसम खाएका यी बलिउड कलाकार, केही छन् विश्वास नलाग्दा !
कोरोना भाइरस जीन अध्ययन शुरु
कोरोना भाइरस जीन अध्ययन शुरु
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
ओलीको प्रश्न,‘मलाई ‘पोलिटिक्स’ गर्न नदिएर गीत गाउनेमा लगाएको भए के हुन्थ्यो ?
नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै
नेपाल एयरलाइन्सले भोलिदेखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै
नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग
नक्कली भूटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाही गर्न शान्ति समाजको माग
घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…
घर पुगेका सचिवले यस्तो निर्णय गरेर फर्केका थिए, तर सपनामै…
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
केही व्यक्तिले भन्दैमा हुनैपर्ने भए किन चाहियो निर्वाचन, किन चाहियो संविधान र किन चाहियो जनादेश : प्रचण्ड
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
नाँच्दा नाँच्दै ज्योती मगरको भित्री बस्त्रको तुना खुस्किीएपछी…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…
यात्रु चढिसकेको जहाज दिल्लीमा ६ घण्टा रोकिएपछि…