पर्दामा किस नखाने कसम खाएका यी बलिउड कलाकार, केही छन् विश्वास नलाग्दा !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
पर्दामा किस नखाने कसम खाएका यी बलिउड कलाकार, केही छन् विश्वास नलाग्दा !

सारांश

  • बलिउड विश्वकै सबैभन्दा ठूलाे फिल्म कारखाना हाे।
  • यहाँ सबैखाले फिल्म बन्ने गर्छन् ।
  • पछिल्लाे समय हिन्दी फिल्ममा धेरै विकृति अाएकाे पनि देखिन्छ ।

बलिउड विश्वकै सबैभन्दा ठूलाे फिल्म कारखाना हाे। यहाँ सबैखाले फिल्म बन्ने गर्छन् । पछिल्लाे समय हिन्दी फिल्ममा धेरै विकृति अाएकाे पनि देखिन्छ । तर कही यस्ता कलाकार पनि छन् जाे पर्दामा किस सिन गर्न रुचाउँदैनन् ।

सलमान खान :

बहुप्रसिद्ध अभिनेता सलमान खान एक यस्ता कलाकार हुन् जसले अहिलेसम्म अभिनेत्रीको ओठमा किस गरेका छैनन्। कुनै स्क्रिप्टको डिमाण्ड या निर्देशकको हठले पनि उनको प्रतिज्ञा तोड्न सकेन। भीष्म प्रतिज्ञा जस्तो उनको यो कसम अहिलेसम्म टुटेको छैन।

सोनाक्षी सिन्हा :

सलमानको हात समाई जब सोनाक्षी सिन्हाले चलचित्र क्षेत्रमा कदम राखिन् त्यतिबेला आफ्ना पिता शत्रुघ्न सिन्हासँग कहिल्यै पनि बिकिनी नलगाउने र चुम्बनको दृश्य नदिने कसम खाएकी थिईन्। आफ्नो गडफादर सलमान जस्तै यस मामिलामा उनको यो कसम पनि अहिलेसम्म टुटेको छैन।

अक्षय कुमार :

Akshay Kumar seen in the most intense avatar in the new still from ‘Gold’

खेलाडी कुमारले यस प्रकारका कुनै पनि कसम खाएका छैनन् तर उनी प्रकारबाट दृश्यबाट टाढै रहन चाहन्छन्। करियरको सुरुवाती चरणमा उनले ममता कुलकर्णी, प्रियंका चोपडा र करीना कपूरसँग यस प्रकारका दृश्य खिचाएका थिए तर अहिले उनी यस प्रकारका दृश्यबाट दूर रहनमै भलाई सोच्छन्। उनी सम्पूर्ण परिवारसहित हेर्न मिल्ने फिल्ममा काम गर्न चाहन्छन्, यसकारण फिल्मको निर्माता-निर्देशकलाई यस प्रकारका दृश्य नराख्न सुझाव दिन्छन्।

शाहिद कपूर :

विवाह अघि शाहिद हरेक फिल्ममा किस गरेको देखिन्थे। तर विवाह पछि उनले नो किस पोलिसी अपनाए। पत्नी हुँदाहुँदै यस्तो दृश्य गर्दा आफूलाई असहज महसुस हुने उनी बताउँछन्। शाहिद आफ्नो यस प्रतिज्ञामा कति समय अडिन सक्ला त्यो हेर्न बाँकी नै छ।

प्राची देसाई :

प्राची देसाईले यस्तो कसम चलचित्र क्षेत्रमा प्रवेश गर्नु अघि नै खाएकी थिईन्। यसै कारण उनले आफ्नो करियरमा नोक्सानी पनि व्यहोर्नु परेको थियो तर उनले सम्झौता कहिल्यै गरिनन्। एजेन्सी

सन्नी लियोनीः

ले अनस्क्रिन किस नगर्ने निर्णय लिएकी छिन्। चलचित्रमा अनुबन्धित हुनु अघि नै निर्मातालाई यस कुराको जानकारी दिने गर्छिन्। सन्नीले त किस गर्न छाडिन्, तर बलिउडमा केही यस्ता कलाकारहरु छन् जसले अहिलेसम्म अनस्क्रिन किस गरेका छैनन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?