अदालतद्वारा बसपार्क नभत्काउन आदेश
सारांश
- काठमाडौं ।
- काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयमा उच्च अदालतले फेरि पनि रोक लगाएको छ ।
- उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको हो ।
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहको निर्णयमा उच्च अदालतले फेरि पनि रोक लगाएको छ । उच्च अदालत पाटनले पूर्वअरनिको यातायातको अगुवाइमा काठमाडौंको जडिबुटीमा निर्माण भएको बसपार्क नभत्काउन आदेश दिएको हो ।
न्यायाधीश गोकर्ण डाँगीको इजलासले बसपार्क नभत्काउन काठमाडौं महानगरपालिकालाई आदेश दिएको छ । करिब १० करोडको लागतमा निर्माण भएको बसपार्क भत्काउने तयारीमा महानगरपालिका रहेको थियो ।

कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया