ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २०, २०७५
|
|
२२ पटक हेरिएको
Shares
ट्याक्टर दुर्घटनामा दुईको मृत्यु, ५ जना घाइते

सारांश

  • काठमाडौं ।
  • मकवानपुरको पाँचपाण्डवमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।
  • मकवानपुरको फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर बागमती गाउँपालिका–४ मा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै र एकजनाको बाटोमा मृत्यु भएको हो ।

काठमाडौं । मकवानपुरको पाँचपाण्डवमा ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

मकवानपुरको फापरवारीबाट सिन्धुलीतर्फ निर्माण सामग्री लिएर जाँदै गरेको ना६त ४४२ नंको ट्याक्टर बागमती गाउँपालिका–४ मा दुर्घटना हुँदा एकजनाको घटनास्थलमै र एकजनाको बाटोमा मृत्यु भएको हो । दुर्घटनामा परी ५ जना गम्भीर घाइते भएका छन् । दुर्घटनामा परी सिन्धुली हरिहरपुर गाउँपालिकाका ५० वर्षीय हेमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । सोही स्थानका ५० वर्षीय बखत राईको उपचारका लागि हेटौँडा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते जनकल्याण आधारभूत विद्यालय लमकन्नाकी महिला शिक्षक शिवमाया मगर, शक्ति राई, मोहन राई , कृष्ण राई र तिलक राईलाई उपचारका लागि हेटौँडा लगिएको र घाइतेहरुको अवस्था गम्भीर रहेको जनाइएको छ ।

निर्माणाधीन धरान–चतरा राजमार्गअन्तर्गत मकवानपुर र सिन्धुली जोड्ने पुलको करीब दुई किलोमिटर नजिकै ट्याक्टर दुर्घटना भएको हो । शनिबार साँझ ट्याक्टर अनियन्त्रित भई पल्टिएको हुनसक्ने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?