कारोना भाइरस संक्रमणबाट १५ सय ४० चिनीयाँ नागरिक सकुसल घर फर्के
सारांश
- ६ माघ ।
- हालै चीनमा फैलिएको नोबल कारोना भाइरसबाट चीनसहित विश्वनै त्रसित भएको छ ।
- भाइरसबाट करिब ३८ हजार मानिसहरु संक्रमणमा परेका छन् ।
६ माघ । हालै चीनमा फैलिएको नोबल कारोना भाइरसबाट चीनसहित विश्वनै त्रसित भएको छ । भाइरसबाट करिब ३८ हजार मानिसहरु संक्रमणमा परेका छन् । भाइरसबाट आठ सय भन्दा बढीको मूत्यु भएको तथ्यांकले देखाएको छ । तर, कारोना भाइरस हुन बितिकै मानिसको ज्यान गइहाल्दैन् उपचापछि सैयौं मानिस स्वस्थ भई उपचार पछि घर फर्केको तथ्यांक पनि छ ।
गत हप्ता चीनमा मात्र संक्रमणमा परेका मध्ये १५ सय भन्दा बढी अस्पतालबाट सकुसल धर फर्केको चिनीयाँ स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । प्रत्येक दिन अस्पतालबाट पाँच सयको संख्यामा मानिसहरु उपचारपछि घर फर्किइरहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया