एनएमए चुनावमा धाँधली : शेर्पाले देखाए ‘शंकास्पद फूटेज’ (हेर्नुहोस् भिडियोमा)
सारांश
- काठमाडौं ।
- नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि मिति २०७४/०४/२१ गते (शनिबार) भएको निर्वाचनमा धाँधली गरिएको आरोप लागेको छ ।
- मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा पराजित जिङ्बाजाङ्बु शेर्पाले निर्वाचनमा धाँधली गर्न गैरसदस्यले संघको सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ परिचयपत्र बुझेको सिसीटिभी फुटेज सार्वजनिक गरेका छन् ।
काठमाडौं । नेपाल पर्वतारोहण संघ (एनएमए) को नयाँ नेतृत्वका लागि मिति २०७४/०४/२१ गते (शनिबार) भएको निर्वाचनमा धाँधली गरिएको आरोप लागेको छ ।
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै अध्यक्षमा पराजित जिङ्बाजाङ्बु शेर्पाले निर्वाचनमा धाँधली गर्न गैरसदस्यले संघको सचिवालयबाट निर्वाचन भइरहेको समयमै भोटिङ परिचयपत्र बुझेको सिसीटिभी फुटेज सार्वजनिक गरेका छन् ।
शेर्पाले भोट हाल्न नआएका संघका साधारण सदस्यहरुको परिचयपत्र फर्जी मतदातालाई दिएर आफ्नो पक्षमा भोटिङ गराएको दावी गरेका छन् ।
निर्वाचनमा धाँधली गर्न यसअघिका एनएमएका कोषाध्यक्ष तथा सचिव पदका प्रत्यासी टिका गुरुङको प्रत्यक्ष संलग्नता देखिएको सिसीटिभी फुटेजमा देख्न सकिन्छ ।
https://www.youtube.com/watch?v=0Wx8-hA6fjc&feature=youtu.be
अध्यक्षका प्रत्यासी जिङ्बाजाङ्बु शेर्पाले भने, ‘सिसीटिभी फुटेजमा कर्मचारीलाई आथिर्क प्रलोभन दिएर यो काममा लगाइएको छ ।’
उनले निर्वाचनको समयमा केही गैरसदस्य मतदाताले मतदाता परिचपत्र लिएर आएको पाइएपछि निर्वाचन समितिले त्यसलाई जफत समत गरेको बताए ।
शनिबार सम्पन्न भएको चुनावबाट ३८३ मतका साथ अध्यक्षमा एमाले निकट सन्तवीर लामा निर्वाचित भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी शेर्पाले ३१६ मत प्राप्त गरका थिए । शेर्पा कांग्रेस निकट मानिन्छन् ।
प्रतिक्रिया