व्यथाले च्यापेपछि ४ जिल्ला घुमाएर सुत्केरी
सारांश
- बागलुङ — सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् ।
- स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए ।
- दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो।
बागलुङ — सुत्केरी व्यथाले च्यापेपछि बागलुङ–८ की सरस्वती जीसी शुक्रबार धौलागिरि अञ्चल अस्पताल पुगिन् । स्वास्थ्यकर्मीले चाररचार घण्टामा आउनु भनेर फर्काए । दिउँसो ४ बजे सामान्य अवस्था भनिए पनि बेलुकी ८ बजेदेखि उनलाई व्यथाले सताउन थाल्यो।
स्वास्थ्यकर्मीले प्रसूति कोठामा पठाएनन्। बाहिरै बस्न लगाए। साह्रै समस्या भएपछि जीसीले अनुनयविनय गरिन्। त्यसपछि बल्ल भित्र पठाइयो।
राति अबेरसम्म पनि उनले बच्चा जन्माउन सकिनन्। प्रसव पीडा सहनै नसक्ने भएपछि राति २ बजे पोखरा जानु भनेर स्वास्थ्यकर्मीले रेफर कागज बनाइदिए।
अस्पतालमा एउटा पनि एम्बुलेन्स थिएन। आफन्तले ट्याक्सी खोजेर पोखरा कुदाए। अविरल वर्षाले पर्वत र कास्की सीमा नजिकै पुग्दा ठूलो पहिरो खसेर बाटो अवरुद्ध थियो। जीसी छटपटाएर साह्रै भएपछि आफन्तले एम्बुलेन्सबाट उतारेर नजिकैको एक घरमा राखे।
आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया