अदुवामा कर लिन नपाउने

Shikharkhabar Shikharkhabar
|
शनिबार, भाद्र १६, २०७५
|
|
२६ पटक हेरिएको
Shares
अदुवामा कर लिन नपाउने

सारांश

  • विराटनगर ।
  • अदुवामा निकासी गर्दा कुनैपनि कर नलगाउन उच्च अदालत विराटनगरको इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ ।
  • उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको इजलासले अदुवामा निकासी कर लगाउने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो ।

विराटनगर । अदुवामा निकासी गर्दा कुनैपनि कर नलगाउन उच्च अदालत विराटनगरको इलाम इजलासले अन्तरिम आदेश जारी गरेको छ ।

उच्च अदालतका मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको इजलासले अदुवामा निकासी कर लगाउने निर्णय कार्यान्वयन नगर्नु, नगराउनु भनी अन्तरिम आदेश जारी गरेको हो । अदालतले विपक्षी झापा जिल्ला समन्वय समितिलाई छलफलका लागि भदौ २६ गते बोलाएको छ ।

झापा जिल्ला समन्वय समितिले काँकडभिट्टाबाट भारत निकासी हुने अदुवामा प्रतिट्रक ५ हजार रुपियाँ निकासी कर लगाएपछि त्यस विरुद्ध रिट परेको थियो । उच्च अदालत इलामले अर्को निर्णय नआउञ्जेल त्यस्तो कर नलगाउन आदेश गरेको हो ।

नेपाल अदुवा उत्पादक सङ्घका तर्फबाट बिहीबार पुनरावेदन अदालत इलाममा निकासी कर रोक्न माग गर्दै रिट दर्ता भएको थियो ।

झापा जिविसले विगतमा प्रतिट्रक ७ सय रुपियाँ निकासी कर लिँदै आएको थियो । तर हाल आएर कर बढाएर पाँच हजार पु-याएको छ । काँकडभिट्टामा कर विवाद चलिरहेका बेला भारत सरकारले समेत नेपाली अदुवामा कर बढाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?