अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ १०, २०७९
|
|
३३ पटक हेरिएको
Shares
अध्यक्ष ओली र प्रचण्डबीच भेटवार्ता,राष्ट्रपतिको निर्वाचनबारे छलफल

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
  • प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान दुई नेताबीच भेटवार्ता भएको हो ।

मन्त्रिपरिषद् विस्तार, सभामुख र उपसभामुखको निर्वाचन सकिएपछि उहाँहरुबीच भेटवार्ता भएको हो ।

भेटमा राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन,राष्ट्रियसभाको उपनिर्वाचनलगायतका विषयमा छलफल भएको बताइएको छ । यस्तै प्रदेशमा मन्त्रिपरिषद् विस्तारका विषयमा पनि छलफल भएको बताइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?