पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १४, २०७४
|
|
५२ पटक हेरिएको
Shares
पैसामा भोट नबेचौ, घात गर्नुभयो भने मुलुक ठुलो चपेटामा फस्नेछ- रवि लामिछाने

सारांश

  • काठमाडौं, १४ मंसिर पत्रकार रवि लामिछानेले मतदताहरुलाई आफ्नो अमूल्य मत नबेच्न आह्वान गरेका छन्।
  • आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा बोल्दै लामिछानेले आफ्नो मत बेचे त्यसले मुलुकलाई ठूलो चपेटामा पार्ने भन्दै आम मतदातालाई सचेत गराएका हुन्।
  • ‘आज सम्म मुलुक तपाईको हातमा छ ,भोलीबाट तपाई हामीले गर्न सक्ने भनेको गाली र गुनासो मात्र हो’ उनले भने, ‘कुनै फटाहा उमेदवारले पैसा नै दिएको भएपनि केही छैन, यो गोप्य मतदान हो,सहि उमेदवारलाई भोट हाल्नुस त्यस्ताले दिएको पैसा आँफै फच्या हुन्छन्।

काठमाडौं, १४ मंसिर

पत्रकार रवि लामिछानेले मतदताहरुलाई आफ्नो अमूल्य मत नबेच्न आह्वान गरेका छन्। आफ्नो चर्चित टेलिभिजन कार्यक्रम ‘सिधाकुरा जनतासँग’मा बोल्दै लामिछानेले आफ्नो मत बेचे त्यसले मुलुकलाई ठूलो चपेटामा पार्ने भन्दै आम मतदातालाई सचेत गराएका हुन्।

‘आज सम्म मुलुक तपाईको हातमा छ ,भोलीबाट तपाई हामीले गर्न सक्ने भनेको गाली र गुनासो मात्र हो’ उनले भने, ‘कुनै फटाहा उमेदवारले पैसा नै दिएको भएपनि केही छैन, यो गोप्य मतदान हो,सहि उमेदवारलाई भोट हाल्नुस त्यस्ताले दिएको पैसा आँफै फच्या हुन्छन्।’

आफ्नो कार्यक्रममा लामिछानेले के भने

सहि उमेदवार हेर्न सकिएन र केवल राजनीतिक दल र चुनाव चिन्हलाई हेरेर भोट दिनुभयो भने थाहा छ के हुन्छ ? फेरी तपाई हामी चियापसल भट्टी गल्ली,कोठा,चोटामा बसेर कुनै नेतालाई गाली गरीरहेका हुन्छौँ । कुनै समयमा एउटा ठुलो होटल थियो ,त्यसको अवस्था नाजुक थियो ।

खाना नमिठो, सर्भिस खत्तम, सफाई सुविधा सब खत्तम थिए । लगानीकर्ताहरु डुब्ने तरखरमा थिए,व्यापार नभएर सब टाट पल्टदै थिए । यसै बिच एक दिन होटलको म्यानेजमेन्ट परिर्वतन भयो र नयाँ क्षमतावान टिमले होटलको जीम्मा लियो । यो टिमलाई राम्रारी थाहा थियो कि समस्या कहाँ कहाँ छ भनेर ।

दक्ष,अनुभवी,क्वालीफाइड व्यक्ति एकाण्ट,म्यानेजमेन्ट,मानव स्रोतसाधान सम्हाले, मेन्यु, सर्भिस,कुक वेटर सबै नयाँ म्यानेजमेन्टले परिर्वतन गर‍्‍यो । केही बर्षमा त्यही होटल सहि ठाँउमा आयो र राम्रो मुनाफा कमाउन सफल भयो । कुरा यत्ति हो , कि त भएकाले इमान्दार बनेर सुध्रिएर मुलुक चलाउनु पर्छ कित जानेका लाई जनताले छानेर पठाउनु पर्छ । केही विद्वान भनौदाहरु संसारका विभिन्न देशहरुमा यसो यसो भएको थियो भनेर उदाहरण दिन्छन ।

उदाहरण दिने विद्वानहरुलाई भन्न चाहान्छौँ,ति देशहरु किन विकसिति भए भने ति देशहरुमा पैसाका लागि आफ्नो देश विरुद्व दलाली गर्ने नेताहरु थिएन्न । ति देशहरुमा हाम्रा जस्ता छिमेकी राष्ट्रहरु थिएन्न र ति देशहरुमा तपाईहरु जस्ता अति जान्ने सुन्ने बुझक्का विद्वान र विज्ञहरु थिएन्न ।

तपाई मतदान केन्द्रमा पुग्न केही घण्टा मात्र बाँकी छ । यो केही घण्टामा तपाईले गर्ने निर्णयले यो मुलुकको भविष्य निर्धारण गर्छ । आज सम्म मुलुक तपाईको हातमा छ ,भोलीबाट तपाई हामीले गर्न सक्ने भनेको गाली र गुनासो मात्र हो । कुनै फटाहा उमेदवारले पैसा नै दिएको भएपनि केही छैन, यो गोप्य मतदान हो,सहि उमेदवारलाई भोट हाल्नुस त्यस्ताले दिएको पैसा आँफै फच्या हुन्छन् ।

सिधाकुरा जनतासंग/ न्युज २४ टिभीबाट 

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जहाँ सेवा लिन जाँदा खाली खुट्टा जानुपर्छ…
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
कांग्रेस महासमिति बैठकमा देउवाकाे अाक्राेश:गिरिजाप्रसाद कोइराला भएको भए निकालिसक्नुहुन्थ्यो’
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
पेशा छाडेर वालुवा चाल्न जानुपर्ने हुन्छ,त्यसैले लाइसेन्स बुझाएका हौँ : डा. केसी
नेप्सेमा उच्च अङ्कको वृद्धि
नेप्सेमा उच्च अङ्कको वृद्धि
विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष
विप्लवले केपी ओलीमाथि लगाए यस्तो गम्भीर आरोप, भारतविरुद्ध लड्ने उद्घोष
Deepika Padukone is happy for X beau Ranbir Kapoor new love alia Bhatt
Deepika Padukone is happy for X beau Ranbir Kapoor new love alia Bhatt
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
पर्यटन बोर्ड सदस्य छनोटमा पर्यटनमन्त्रीको चलखेल: दासलाई नियुक्त गर्ने तयारी
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
विश्व स्वास्थ्य संगठनका महानिर्देशक आज नेपाल आउँदै
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य
प्रधानमन्त्री कप क्रिकेट : कोशी प्रदेशलाई एक सय ४० रनको लक्ष्य
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी
नेपालबाट चिनियाँ राष्ट्रपतिले दिएको डरलाग्दो चेतावनी