उन्नतिमा लागे बादी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, भाद्र १, २०७५
|
|
२२ पटक हेरिएको
Shares
उन्नतिमा लागे बादी

सारांश

  • नेपालगञ्ज, १ भदौ ।
  • बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ ।
  • विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको दृष्टिकोणमा परिवर्तन भएको छ ।

नेपालगञ्ज, १ भदौ । बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ ।विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास र रोजगारमूलक गतिविधिमा संलग्न हुँदै गएपछि स्थानीय समाजको पनि उनीहरूमाथिको दृष्टिकोणमा परिवर्तन भएको छ ।नेपालगञ्ज उपमहानगरपालिकाका वडा सदस्य मञ्जु नेपाली बादीले भनिन् , “अरु समुदायजस्तै बादी पनि इज्जतका साथ समाजमा बाँच्न चाहन्छन्, त्यसका लागि यो समुदायलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”

“विगतमा जमिन्दारी प्रथाले हामीमाथि शोषण भएको थियो, अहिले हाम्रो समुदाय इज्जतिलो पेशा गरेर जीवन निर्वाहमा जुटेको छ” नाम उल्लेख नगर्ने शर्तमा नेपालगञ्जमा खुद्रा पसल सञ्चालन गर्ने एक बादी महिलाले भनिन् ।विगतमा सेभ द चिल्ड्रेन, बाँके युनेस्को क्लब, महिला विकास कार्यालय, लुमन्ती संस्था र विभिन्न सरकारी निकायबाट सीप विकास तालिम लिएका त्यस समुदायका सयाँै महिला नेपालगञ्जमा सानादेखि ठूला स्वरोजगारमूलक व्यवसायमा संलग्न भएका छन् ।

समाजले अहिले उनीहरूलाई हेय र नकारात्मक दृष्टिकोणले व्यवहार गरेको पाइँदैन ।
बाँके मात्र होइन प्रदेश नंं ५, ७ र कर्णाली प्रदेशका सबै बादी समुदायका महिला इज्जतका साथ सरकारी तथा गैरसरकारी निकायमा नोकरी, स्वरोजगारलगायतका इलममा संलग्न छन् ।यहाँको गगनगञ्जको भगवान तलाउ क्षेत्रमा बसोबास गर्ने र अगैया, कोहलपुर क्षेत्रकाबादी समुदायका सबै घरपरिवारका सदस्य कुनै न कुनै इलममा संलग्न छन् । उनीहरूका सन्तान पनि विद्यालय र कलेज जाने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?