ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ ६, २०८०
|
|
३० पटक हेरिएको
Shares
ऐतिहासिक स्थलको संरक्षण आवश्यक : महासचिव पोखरेल

सारांश

  • देउखुरी ।
  • नेकपा (एमाले) का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् ।
  • दाङको तुलसीपुर–१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जथाभावीरुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट भएको बताए ।

देउखुरी । नेकपा (एमाले) का महासचिव एवम् लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेलले ऐतिहासिक स्थलको संरक्षण गर्नुपर्ने बताएका छन् ।

दाङको तुलसीपुर–१९ स्थित ऐतिहासिक एवम् धार्मिक पर्यटकीय स्थल छिल्लीकोट कालिका मन्दिर संरक्षण समितिले आयोजना गरेको कार्यक्रममा उनले विगतमा जथाभावीरुपमा उत्खनन् गर्दा ऐतिहासिक तथ्य नष्ट भएको बताए । ‘यहाँ रहेका ऐतिहासिक हातहतियारको संरक्षण गर्न सरकारले विशेष ध्यानदिनुपर्छ’, महासचिव पोखरेलले भने ।

आफू मुख्यमन्त्री भएको समयमा ऐतिहासिक स्थलको संरक्षण गर्ने कार्यक्रम ल्याएको उनको भनाइ छ । सरकारको नीति तथा कार्यक्रममा पर्यटकीय क्षेत्रलाई यथेष्टरुपमा समेटिनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

नगरप्रमुख टीकाराम खड्काले छिल्लीकोटको विकासका लागि साहसिक खेल जिपलाइन निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

छिल्लीकोटसम्म पुग्न बिजौरी स्यालापानी हुँदै सडक कालोपत्र गरिँदै छ । स्यालापानीबाट केबुलकारका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत तयार गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री  पुनकाे
आयोजनाको अवधि लम्ब्याउन खोज्ने कर्मचारीलाई कारबाही: ऊर्जामन्त्री पुनकाे
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
बोलिभियामा सेनाको असफल ‘कू’ प्रयासः केही घण्टामै सैन्य अधिकारी प्रहरी नियन्त्रणमा
चट्याङबाट २ जनाको मृत्यु
चट्याङबाट २ जनाको मृत्यु
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
कर्णाली प्रदेशमा असार १ गते उत्पादनमुखी बजेट ल्याउने तयारी
साविकका १३ गाविसले रु ११ लाख नतिर्दा विद्यार्थी मर्का
साविकका १३ गाविसले रु ११ लाख नतिर्दा विद्यार्थी मर्का
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
पूर्वपश्चिम राजमार्गमा पुल भत्कियो, यात्रु अलपत्र कतिपय जोखिम मोलेर खोला तर्दै
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
भारतीय सेना प्रमुखको विवादित टिप्पणी : नेपाल र भुटान भारततर्फ ढल्किनुको विकल्प छैन
भदौ २९ गते सोमवारको राशिफल यस्तो छ
भदौ २९ गते सोमवारको राशिफल यस्तो छ
Shailesh Lodha, Bhavya Gandhi and others pay their last respect to Kavi Kumar Azaad, see pics
Shailesh Lodha, Bhavya Gandhi and others pay their last respect to Kavi Kumar Azaad, see pics
मधेसको विकासन गर्ने पार्टी भनेकै एमाले : एकनाथ ढकाल
मधेसको विकासन गर्ने पार्टी भनेकै एमाले : एकनाथ ढकाल

तपाईंले छुटाउनुभयो कि?