चितवनमा पुगेर प्रचण्डले प्रधानमन्त्रीकाे चाहानाकाे कुरा गरेपछि…
सारांश
- चितवन, ५ मंसिर ।
- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन् ।
- उनले भने, ‘द्वन्द्व पीडितको पीडा पहिलाको भन्दा त धेरै घटेको छ ।
चितवन, ५ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वपीडितको पीडा घटेको बताएका छन् । उनले भने, ‘द्वन्द्व पीडितको पीडा पहिलाको भन्दा त धेरै घटेको छ । अब हामी राजनीतिक तह र कानूनी तहमा पनि गम्भीर रुपले गृहकार्य गरिराखेका छौँ ।’ प्रेस चौतारी र प्रेस सेन्टर चितवनले बुधबार आयोजना गरेको पत्रकार सम्मेलन ‘विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पुग्दा पनि द्वन्द्वपीडितको अवस्था जस्ताको त्यस्तै रह्यो नि ?’ भन्ने पत्रकारहरुको प्रश्नमा अध्यक्ष दाहालले यस्तो बताएका हुन् ।
अध्यक्ष दाहालले भने, ‘प्रधानमन्त्रीकै चाहनाको कुरा गर्ने हो भने संयुक्त राष्ट्रसंघ, कोस्टारीकामा जस्तो मन्तव्य दिनुभएको छ त्यसले शान्ति प्रक्रियाका बाँकी काम र पीडितलाई परिपूरणका कुरा या सत्य निरुपण र बेपत्ताका विषय आउने जेठ असारसम्म पूरै टुंग्याउने किसिमले काम भइरहेको छ ।’
प्रतिक्रिया