जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २१, २०७९
|
|
५० पटक हेरिएको
Shares
जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन प्रयोगविहीन

सारांश

  • तनहुँ ।
  • जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ ।
  • अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन ।

तनहुँ । जिल्लाको बन्दीपुर अस्पतालमा जनशक्ति अभावमा भिडियो एक्स-रे मेसिन लामो समयदेखि प्रयोगविहीन बन्दै आएको छ ।

अघिल्ला जनप्रतिनिधिको कार्यकालमा खरिद गरेको उक्त मेसिन अहिले जनप्रतिनिधि निर्वाचित भएर आएको एक वर्ष बित्न लाग्दा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । तीन/चार वर्षदेखि एक्स-रे मेसिन प्रयोगविहीन हुँदा सेवाग्राहीले सेवा लिनबाट बञ्चित हुनुपरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले जानकारी दिए ।

स्वास्थ्य मन्त्रलालयबाट रेडियोग्राफीका लागि पटक-पटक अनुरोध गरे पनि व्यवस्था हुन नसकेको उनले बताए । ‘आगामी बर्षदेखि सञ्चालनमा ल्याई सेवा प्रवाह गर्ने योजना बनाएका छौँ,’ उनले भने, ‘जनशक्तिको अभावमा नागरिकलाई भिडियो एक्स-रे सेवा दिन नसक्दा कठिनाइ भोग्नुपरेको छ ।’

उक्त अस्पताल १५ शय्या क्षमताको छ । अस्पतालबाट आँखा, प्रसूति, दाँत, ल्याव, फार्मेसीलगायतका सेवा प्रवाह गरिएको छ । एमबिबिएस डाक्टर दुई, हेल्थ असिस्टेन्ट चार, स्टाफ नर्स तीन, ल्याव तीन, फार्मेसी दुई, प्रशासन दुई र एक्स-रेमा एक गरी ४४ जना जनशक्ति छन् ।

उक्त अस्पतालमा दैनिक ७० देखि एक सयको हाराहारीमा बिरामीहरु उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक आशीष अधिकारीले जानकारी दिए ।

अस्पतालमा रुघाखोकी, दम, सुगर, प्रेसर, मुट, क्यान्सर लगायतका बिरामीको चाप बढी हुने गरेको छ । महिलाहरुको पाठेघरको क्यान्सर भए/नभएको जाँचका लागि दैनिक भिआइए परीक्षणको निःशुल्क व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

माघ १९ गते आइतबारको राशिफल यस्तो छ
माघ १९ गते आइतबारको राशिफल यस्तो छ
प्रहरीले भन्यो- नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन
प्रहरीले भन्यो- नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन
महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी
महोत्तरी : औरही नगरपालिकाको मेयरमा कांग्रेस, उपमेयरमा राजपा विजयी
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
कर्मचारी समायोजन अध्यादेश २०७५ बहुमतले पारित
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
कैदीबन्दीका बालबच्चा हुर्काउने राना अब उपसभामुखको जिम्मेवारीमा
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
ज्वरो नाप्ने ‘थर्मन गन’ कालोबजारीमा पक्राउ परेका अग्रवाल छुटाउन एक मन्त्री सक्रिय, प्रम ओली फायर
साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
साउन १३ गते मंगलवारको राशिफल यस्तो छ
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्
२० वर्षे युवतीले सात महिनामै एकैपटकमा ४ जना छोराछोरी जन्माइन्
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
चुनावमा गरेको वाचा पुरा नगरेपछि मेयरलाई महिलाको कपडा लगाएर शहर घुमाइयो
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने