उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
२६ पटक हेरिएको
Shares
उदयपुरको घरेलु तथा साना उद्योगबाट लाखौं रकम अनियमितता भएको रहस्य खुलासा

सारांश

  • अस्बिन खड्का.
  • स्थलगत रिपोर्ट उदयपुर , ५ भदाै ।
  • उदयपुर को घरेलु तथा साना उद्योग विकास समिति भ्रष्टचार गर्ने अखडा बनेको छ ।

अस्बिन खड्का.स्थलगत रिपोर्ट उदयपुर , ५ भदाै ।

उदयपुर को घरेलु तथा साना उद्योग विकास समिति भ्रष्टचार गर्ने अखडा बनेको छ । नेपाल सरकार र युएनडिपीको सहयोगमा घरेलु तथा साना उद्योग विकास समिति कार्यलय उदयपुर मार्फत गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरुमा लाखौं रकम अनियमितता भएको रहस्य खुलासा भएको छ ।जिल्ला लघु उधमी समुह उदयपुरले लघु उद्यम विकास कार्यक्रमको लाखौं रकम अनियमितता भएको भन्दै प्रमुख जिल्ला अधिकारी समक्ष सोमबार उजुरी दियका छन्  । आर्थिक वर्ष ०७४-०७५ मा लघु उद्यम विकास कार्यक्रम (मेडेप)को सहयोगमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तर्गत १ सय ७० जना उद्यमीहरुको स्त्तरोन्नती कार्यक्रम लघु, घरेलु तथा साना उद्यमी प्रविधि (मेसिन, उपकरण) खरिदमा करिव २२  लाख भन्दा बढीको कमसल सामान खरिद गरेर ५१ जना उद्यमीहरुलाई वितरण गरेको रहस्य समेत खुलेको छ।

जिल्ला लघु उधमी समुह उदयपुर अध्यक्ष अम्बिका रेग्मी ले यो त् एक जना को समस्या हो,कार्यक्रम मा परेका ५२ जना सग नै एस्तो भयको उनले बताईन,उनले भनीन कार्यालय का प्रमुख सम्भु प्रसाद साह र लेखापाल दिलीपकुमार श्रेष्ठ ले मिलेर काल्पनिक व्यक्तिहरु खडा गरेर लाखौ रकम हिनामिना गरेका  छन।उनीहरुले जमुनापारी बोका वितरण  कार्यक्रम  त्रियुगा नगरपालिका वडा नं. ३ का लाल बहादुर राई, कुन्ती मगर, संगिता परियार लगायत १८ जना ले पायको भनेर कागजात मिलायका रहेछन,किनकि वडा नं. ३ का वडा अध्यक्ष अवधेशप्रसाद चौधरीका अनुसार जमुनापारी बोका वितरण कार्यक्रम नगरिएको र त्यो नाम को ब्यक्ती हरु समेत आफ्नो वार्डमा नरहेको बताए।

उद्यमीहरुको स्तरोन्नती कार्यक्रममा सेवा अन्तर्गत आयको रकम घरेलु ले हिनामिना गरेको उधमी सम्झना राई ले बताईन,उनले भनीन मलाई ४००००. हजार रकम परेको,त्यो रकम मा २० प्र्तीशत् हुने  रकम मैले जम्मा गरेको,अब मैले ४६०००. को समान पाउनुपर्ने मा आफूलाई घरेलु समीतीले १२०००. को कृटेन मेसिन र ६०००. को टुबेल गरी जम्मा १८००० हजार बराबर को समान पायको?उनले भनीन मेरो नाम  बाट २८०००. हजार रुपैया हिनामिना भयको छ,भनेर उनले आफु ले पायको समान हरु र उनको नाममा परेको रकम सबै कुरा स-प्रमाण प्र.जी.अ. समक्ष र पत्रकार हरु सामु प्रश्न गरीन।

यस्तै त्रियुगा नगरपालिका वडा नं. ६ मा समेत १२ जना काल्पनिक व्यक्तिहरु खडा गरेर प्रत्येकलाई एक एक वटा जमुनापारी बोका वितरण गरेको भनि लघु उद्यम विकास कार्यक्रम क्षेत्रिय कार्याक्रम सहयोग कार्यालयले उपलब्ध गराएको विवरणमा उल्लेख छ । यस विषयमा त्रियुगा नगरपालिका वडा नं. ६ का वडा सदस्य जयराम पंजियारसंग सम्पर्क गर्दा घरेलु तथा साना उद्योग विकास समिति, मेडेप र आइडिया नेपालले आफ्नो वडाका १२ जनालाई जमुनापारी बोका वितरण गरेको आफुलाई थाह नभएको बताए ।

यस विषयमा घरेलु तथा साना उद्योग विकास समिति कार्यालय उदयपुरमा सोमबार नै पत्रकार हरुले यो कुरा को बिषयमा जानकारी लिन जादा कार्यलय प्रमुख सम्भु कुमार शाह ले आफु आयको भखरै ३ महिना भयको र यो बिषयमा आफु ले  लेखा अधिकृत तथा सूचना अधिकारी दिलिप कुमार श्रेष्ठसंग,समान ल्याउने सप्लायर्स सग र पिडित लघु उधमी सग बुजेर के भयको हो दोषीलाई कारबाही गर्न आफु तयार रहेको र आजको ७ दिन भित्र सबै कुरा को निचोड निकाली सबै लाई जानकारी र गल्ति गर्ने लाई कारबाही र आफु पनि दोषी भयमा कानुन अनुसार सजाय भोग्न तयारी रहेको बताय।

शिखरन्युज टीम को १ प्रश्न ?के तपाईहरु ले लोकल पत्रिकामा आयको कुरा ले आफु हरु लाई केही असर पर्दैन भनेको हो भनेर प्रश्न गर्दा, कार्यालय प्रमुख साह ले  जिल्ला बाट निस्किने लोकल पत्रीकामा आयको कुरा को आफुहरु ले सम्मान गरेको र बाहिर आयको जस्तो कुरा आफुहरुले नगरेको प्रस्ट पारे ।

उनले ७ दिन भित्र को समयमा सबै कुरा बाहिर ल्याउने र नसकेमा आफु सजाय भोग्ने समेत बताए  ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?