अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
४१ पटक हेरिएको
Shares
अनिवार्य दायित्व बिवरण पेश गर्न यातायात समितिहरुलाई ३५ दिनको सूचना

सारांश

  • हेटौडा,७ साउन।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा संस्था ऐन २०३४ अनुसार दर्ता भै क्रियाशील यातायात संस्थाहरुलाई आफ्नो अनिवार्य भुक्तान गर्नु पर्ने दायित्वको बिबरण पेश गर्न ३५ दिने सूचना जारि गरेको छ।
  •   नेपाल सरकारको २०७५ बैशाख ४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सबै सिन्डिकेट खारेज गरे संगै समितिहरुको खाताहरु पनि रोक्का गरिएको थियो।

हेटौडा,७ साउन। जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लामा संस्था ऐन २०३४ अनुसार दर्ता भै क्रियाशील यातायात संस्थाहरुलाई आफ्नो अनिवार्य भुक्तान गर्नु पर्ने दायित्वको बिबरण पेश गर्न ३५ दिने सूचना जारि गरेको छ।  नेपाल सरकारको २०७५ बैशाख ४ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार सबै सिन्डिकेट खारेज गरे संगै समितिहरुको खाताहरु पनि रोक्का गरिएको थियो।

यसरि सेन्टीगेट सिन्डिकेट खारेजी भएपनि २०३४ ऐन अनुसार स्थापित यातायात क्षेत्रसंग सम्बद्द संघ संस्था र समितिहरुको असार मसान्त पछि नविकरण नहुने भएपछि जिल्ला प्रसाशन कार्यालयले यो सूचना जारी गरेको हो। संस्थाले दुर्घटना भै घाइतेको उपचारको क्रममा भुक्तान गर्नु पर्ने रकम , कर्मचारीको तलब , बिजुली पानी लगायतका पुरा गर्न बाकि अनिवार्य दायित्वको यकिन विवरण आवश्यक सम्पूर्ण कागजात र प्रमाण सहित पेश गर्न भनिएको छ।

उक्त समयमा प्राप्त बिबरणहरुलाई सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको समितिले आवश्यक जाचबुझ गरि अर्थमन्त्रालयमा सिफारिस गरि पठाउने प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढाले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?