प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ६, २०८०
|
|
२३ पटक हेरिएको
Shares
प्रधानमन्त्री कप महिला क्रिकेट : कोशी प्रदेशलाई ८८ रनको लक्ष्य

सारांश

  • काठमाडौँ ।
  • प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।
  • कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको हो ।

काठमाडौँ । प्रधानमन्त्री कप महिला टि २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले कोशी प्रदेशलाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै ८७ रनको योगफल बनाएको हो । बागमती लागि यशोदा विष्टले सर्वाधिक ४१ रनको योगदान दिइन । उनले ५४ बल खेल्दै चार चौकाको मद्दतमा ४१ रन बनाएकी हुन् ।

त्यस्तै अस्मिना कर्माचार्यले २४ रन बनाइन् । त्यसबाहेक अन्य कुनै पनि खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । कञ्चन श्रेष्ठले ८ रन जोडिन् भने सोनी पाख्रिन र खुसी डङ्गोलले समान तीन तीन जोडे ।

बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगम र सबनम राईले समान दुई–दुई विकेट लिए भने सङ्गीता राईले एक विकेट लिइन् । कोशी प्रदेश अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
एनआरएनए पोर्तुगललाई बनाए झोले, पदाधिकारीहरुले आ–आफ्नो गोजीमा संस्था खोले
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
पोखरामा प्याराग्लाइडिङ दुर्घटना, रसियन नागरिकको मृत्यु
​मन्त्रीकै संरक्षणमा घुस असुली
​मन्त्रीकै संरक्षणमा घुस असुली
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
दुई मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, चारजना घाइते
रुस कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो मुलुक बनेकै हो ?
रुस कोरोनाविरुद्धको खोप विकास गर्ने पहिलो मुलुक बनेकै हो ?
ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को को बन्दै मन्त्री ?
ऊर्जामन्त्रीमा राजेन्द्र लिङ्देन, राप्रपाबाट को को बन्दै मन्त्री ?
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
गुठी विधेयकले नेकपा भित्रै रडाको, विधेयकको पक्ष र विपक्षमा बाँडियो मत
संस्थानले ल्याएका खसी बोका बिक्री भएन
संस्थानले ल्याएका खसी बोका बिक्री भएन
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए
पानीको बहाव बढ्दै गएपछि सप्तकोशीका ४१ ढोका खोलिए

तपाईंले छुटाउनुभयो कि?