प्रधानमन्त्री देउवा अबुधाबीमा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
२४ पटक हेरिएको
Shares
प्रधानमन्त्री देउवा अबुधाबीमा

सारांश

  • अबुधावी (युएई), ३ असोज  ः प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने क्रममा मंगलबार राति १० बजे अबुधाबी आइपुग्नुभएको छ ।
  • महासभामा भाग लिन न्यूयोर्क जाने क्रममा बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई यहाँँस्थित कावा नेपाली राजदूत नेत्रबहादुर टण्डनले स्वागत गर्नुभएको थियो ।
  • दूतावासका अनुसार हाल युएईमा दुई लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् ।

अबुधावी (युएई), ३ असोज  ः प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्रसङ्घको ७२ औँ महासभामा भाग लिन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्ने क्रममा मंगलबार राति १० बजे अबुधाबी आइपुग्नुभएको छ ।

महासभामा भाग लिन न्यूयोर्क जाने क्रममा बाटोमा पर्ने मुलुक संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी अन्तर्राष्ट्रिय विमानस्थलमा उहाँलाई यहाँँस्थित कावा नेपाली राजदूत नेत्रबहादुर टण्डनले स्वागत गर्नुभएको थियो ।

दूतावासका अनुसार हाल युएईमा दुई लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । कावा राजदूत टण्डनका अनुसार युएईमा कार्यरत नेपाली कामदारमध्ये ९० प्रतिशतभन्दा बढी सेवा क्षेत्रमा कार्यरत छन् ।

प्रधानमन्त्री देउवा नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल बुधबार बिहान न्यूयोर्कका लागि प्रस्थान गर्नेछ । प्रतिनिधिमण्डल काठमाडौँबाट मंगलबार अपराह्न ५ बजे इतिहाद एअरलाइन्सबाट अबुधाबीका लागि प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री देउवा नेतृत्वको २० सदस्यीय प्रतिनिधिमण्डलमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला, प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा दिनेश भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, न्यूयोर्कस्थित राष्ट्र संघको स्थायी नियोगका लागि नेपाली प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलगायत सहभागी हुनुहुनेछ । उपप्रधानमन्त्री महरा भने आइतबार नै न्यूयोर्क प्रस्थान गरिसक्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?