अनुमानभन्दा बढी निस्किए भूकम्प प्रभावित

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १६, २०७३
|
|
२१३ पटक हेरिएको
Shares
अनुमानभन्दा बढी निस्किए भूकम्प प्रभावित

सारांश

  • राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १७ जिल्लामा भूकम्प प्रभावितको लगत संकलन थालेसँगै अनुमान भन्दा बढी प्रभावित पाइएका छन् ।
  • गृह मन्त्रालयको आँकडाका आधारमा शुरुमा १७ जिल्लामा ८५ हजार घरमा क्षति पुगेको अनुमान गरिएको थियो ।
  • पछि प्राधिकरणले १ लाख २५ हजार अनुमान गरेकोमा हाल सर्वेक्षण गर्ने क्रममा १ लाख ९४ हजार पुग्ने देखिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले १७ जिल्लामा भूकम्प प्रभावितको लगत संकलन थालेसँगै अनुमान भन्दा बढी प्रभावित पाइएका छन् ।

गृह मन्त्रालयको आँकडाका आधारमा शुरुमा १७ जिल्लामा ८५ हजार घरमा क्षति पुगेको अनुमान गरिएको थियो । पछि प्राधिकरणले १ लाख २५ हजार अनुमान गरेकोमा हाल सर्वेक्षण गर्ने क्रममा १ लाख ९४ हजार पुग्ने देखिएको छ ।
अहिले भूकम्प प्रभावित जिल्ला धनकुटा, भोजपुर, खोटाङ, संखुवासभा, सोलुखुम्बु, चितवन, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, बाग्लुङ, गुल्मी, पर्वत, म्याग्दी, अर्घाखाँची र नवलपरासीमा भूकम्प प्रभावितको अवस्था पत्ता लगाउन टोली खटिएको छ ।
पुसको पहिलो साताबाट सर्वेक्षण थालिएकोमा हालसम्म २३ हजार ४ सय ३४ घरको सर्वेक्षण सकिएको प्राधिकरणले जनाएको छ ।
सर्वेक्षण गर्न बाँकी १७ जिल्लामा यतिबेला ४ सय ५२ सर्वेक्षकहरु खटिएका छन् । जसमध्ये ७ जनाले भने बिचमै काम छोडेर भागेका छन् ।

सर्वेक्षणका लागि ४ सय ९३ इन्जिनियरहरुलाई तालिम दिइएको थियो । आइतबारदेखि तालिम लिएर बसेका थप १ सय सर्वेक्षकहरु १७ जिल्लामा जाने प्राधिकरणले जनाएको छ । तथ्याङ्क विभाग र शहरी विकास मन्त्रालयको सहकार्यमा सर्बेक्षण थालिएको हो ।
अर्घाखाँचीमा–१ हजार ७ सय ५९ ,बाग्लुङमा– ४ हजार ५६ , भोजपुरमा– १० हजार ४ सय २६, चितवनमा –१८ हजार ७ सय ४६, धनकुटामा– ५ हजार २ सय ६६, गुल्मीमा –७ हजार ४ सय ८८, कास्कीमा – ११ हजार ७ सय ४४, खोटाङ्मा –१३ हजार ७ सय ९९, लमजुङमा– २४ हजार ७ सय ८८, म्याग्दीमा– १ हजार ३ सय ८९, नवलपरासीमा –९ सय ८९, पाल्पामा –११ हजार ३ सय ४३, पर्वतमा–११ हजार ५ सय ४३, संखुवासभामा–८ हजार १ सय १७, सोलुखुम्बुमा–१८ हजार ३ सय ८४, स्याङ्जामा–१६ हजार ९ सय २१ र तनहुँमा–२७ हजार ६ सय ४६ घरको सर्वेक्षण थालिएको हो ।
सर्वेक्षण सकेपछि पहिलो किस्ताको रकम वितरण थालिने प्राधिकरणका सहप्रवक्ता डा. भीष्मकुमार भूसालले जानकारी दिए ।
सर्वेक्षणका लागि समयमा बजेट उपलब्ध नहुँदा कामले गति लिन नसकेको जनाइएको छ । यस्तै सर्वेक्षणमा गएका इन्जिनियरहरुको लोकसेवा आयोगमा परिक्षा परेका कारण पनि १७ जिल्लाको सर्वेक्षणमा ढिलाई भएको छ । कतिपय इन्जिनियरले बीचमै काम छोडेका कारण पनि सर्वेक्षणका लागि निर्धारित समय भन्दा बढी लाग्ने भएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?
के साँच्चिकै पूर्वरानी कोमलको स्वास्थ्यमा समस्या आएको हो ?
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय
मनिषा कोईरालाले लिईन श्रीमान् बिना आमा बन्ने निर्णय
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
संवैधानिक निकायका रिक्त पदका लागि १५ दिने सूचना निकाल्ने
पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन
पत्रकारलाई सूचना नदिन प्रहरी उपरीक्षककाे कडा निर्देशन
आज घट्यो सुनको मूल्य, कति छ तोलाको  ?
आज घट्यो सुनको मूल्य, कति छ तोलाको ?
अख्तियार प्रमुख लोकमानसिंह कार्कीको गतिविधि मर्यादा विपरित : मन्त्री थापा
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
बाह्रविसे नगरपालिका र भोटेकोसी गाउँपालिकालाई सहयोग रकम हस्तान्तरण
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
राष्ट्रिय उत्पादन वृद्धिमा गम्भीरतापूर्वक योगदान गर्न उद्योगीलाई मन्त्री बडूको आग्रह
यसरी जन्मियो ‘खबर हराएको चिठी’ !
यसरी जन्मियो ‘खबर हराएको चिठी’ !

तपाईंले छुटाउनुभयो कि?