छठको रौनक बढ्यो

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ४, २०७७
|
|
१९ पटक हेरिएको
Shares
छठको रौनक बढ्यो

सारांश

  • छठपूजाको सामान खरीद गर्न वीरगंज बजारमा यस वर्ष अन्य वर्षको तुलनामा मानिसहरूको भीड बढी भएको छ ।
  • दशैं, दीपावली र अहिले छठपूजाको समय वीरगंज बजारमा अन्य वर्षको तुलना बढी भीड भएको हो ।
  • यसो हुनुको एकमात्र कारण हो सीमा सिल हुनु ।

छठपूजाको सामान खरीद गर्न वीरगंज बजारमा यस वर्ष अन्य वर्षको तुलनामा मानिसहरूको भीड बढी भएको छ । दशैं, दीपावली र अहिले छठपूजाको समय वीरगंज बजारमा अन्य वर्षको तुलना बढी भीड भएको हो । यसो हुनुको एकमात्र कारण हो सीमा सिल हुनु ।

भारतले कोरोनाको कारण बन्द गरेको सीमा कात्तिक ६ गतेदेखि खुला गरेपछि नेपालले भने आफ्नो सीमा मङ्सिर मसान्तसम्म आधिकारिकरूपमा बन्द गरेको छ । सीमा बन्द भएको कारण भारतीय बजारमा गएर सामान खरीद गर्ने क्रम रोकिएको छ । लुकीछिपी वीरगंजसँग जोडिएको छिमेकी भारतको रक्सौल बजार जाने क्रम अन्य वर्षको तुलना निकै पातलिएको छ ।

यसैगरी, सीमावर्ति पर्साको ग्रामीण क्षेत्रमा पनि भारत गएर सामान खरीद गर्ने काम अन्य वर्षको तुलनामा कम छ । नेपाली बजारको तुलनामा भारतीय बजारमा सामान सस्तो हुने गरेकोले सामान्य अवस्थामा मानिसहरू भारतीय बजारमा गएर चाडपर्वका समान खरीद गर्दै आएका थिए । तर अहिले सीमा शिल भएको कारण विदेशी बजार जान रोकिएकोले वीरगंज बजारमा मानिसको भीड बढेको व्यापारीहरू बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?