अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर १३, २०७५
|
|
५० पटक हेरिएको
Shares
अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने : महान्यायाधिवक्ता खरेल

सारांश

  • उदयपुर १३,मंसीर।
  • महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने र गम्भिर प्रकृतिका अपराधलाई चाँडै टुङोमा पुर्याउन निरन्तर सुनवाई प्रकृया योजना अघि सारिएको बताएका छन् ।
  • उदयपुर जिल्ला को सदरमुकाम गाईघाटमा नब निर्मित जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गर्दै उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई चाँडै निष्कर्षमा पुर्याउन अदालतमा निरन्तर सुनवाई प्रकृया योजना ल्याउने तयारी भईरहेको बताए ।

उदयपुर १३,मंसीर। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले अनुसन्धान स्वतन्त्रता नभए न्याय मर्ने र गम्भिर प्रकृतिका अपराधलाई चाँडै टुङोमा पुर्याउन निरन्तर सुनवाई प्रकृया योजना अघि सारिएको बताएका छन् ।
उदयपुर जिल्ला को सदरमुकाम गाईघाटमा नब निर्मित जिल्ला सरकारी वकिल कार्यालयको भवन उद्घाटन गर्दै उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई चाँडै निष्कर्षमा पुर्याउन अदालतमा निरन्तर सुनवाई प्रकृया योजना ल्याउने तयारी भईरहेको बताए ।

देशभर बलात्कार, यौनजन्य हिंसा र अपहरण जस्ता घटना बढिरहेको बेला यस्ता घटनालाई निस्तेज बनाउनका लागि यो योजना अघि सारिएको उनको भनाई छ । मुद्दाको प्रकृया लम्बिदा पीडितले थप पीडा भोग्नु परेको बताउँदै उनले ‘मुद्दा चलिरहेको विचको समयमा हुने चलखेल र पीडितमाथि थप हुने हिंसालाई न्युनिकरण गर्न यो बिधी उपयुक्त हुने छ ।’

खरेलले ५५ बर्ष अघिको फौजदारी कानुनलाई प्रतिस्थापन गर्दै नयाँ कानुन कार्यान्वयनमा ल्याएको भन्दै फौजदारी कानुनमा ठुलो आधुनिकिकरण भएको बताए । उनले न्याय जनताको सन्तुष्टिका लागि भएकाले कागजमा सिमित नहुने गरी कारवाही प्रकृया अघि बढाउन आग्रह गरे ।

प्रदेश नं २ को सरकारले प्रहरी भर्ना विद्येयक पारित गरेर अगाडी बढाएको प्रति असन्तुष्टि पोख्दै उनले भने, ‘हतारको निर्णय पछुताउनु पर्दछ, क्षेत्राधिकार मिचेर काम गर्ने अधिकार कसैलाई छैन् ।’

कार्यक्रममा नायव महान्यायाधिवक्ता किरण पौड्ल, जिल्ला न्यायाधिश तेजेन्द्रप्रसाद शर्मा सापकोटा, प्रदेश सांसद अम्बिका थापा,प्रमुख जिल्ला अधिकारी बिष्णुकुमार कार्की, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, नेपाल वार एशोसियसनका अध्यक्ष शिवकुमार कार्की लगायतले बोलेका थिए ।

दुई करोड २८ लाख ८३ हजार तीन सय ४२ रुपिँया ९९ पैसामा निर्माण भएको तीन तले भवनमा २५ कोठा रहेको छ । २०७६ असारमा सम्पन्न गर्ने गरि २०७४ असार १५ गते निर्माण सुरु गरिएको भवन छ महिना अगावै सम्पन्न भएको जिल्ला न्यायाधिवक्त हरीकुमार पोखरेलले बताए। १० कठ्ठा क्षेत्रफलमा रहेको भवन निर्माणको ठेक्का गिताञ्जली शक्तिकुण्ड जेवीले गाईघाटले लिएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अष्ट्रेलियामा बिएमडब्लु क्रिकेट कप सगरमाथा क्लबलाई !
अष्ट्रेलियामा बिएमडब्लु क्रिकेट कप सगरमाथा क्लबलाई !
थकाली हाेटेलमा झडप, एककाे मृत्यु
थकाली हाेटेलमा झडप, एककाे मृत्यु
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
प्रधानमन्त्री ओलीले यसरी सम्झे पृथ्वीनारायण शाहलाई
रियल म्याड्रिडलाई धक्का, एट्लेटिकोसँग अंक बाँड्यो
रियल म्याड्रिडलाई धक्का, एट्लेटिकोसँग अंक बाँड्यो
चन्द्रागिरि हिल्स र यती एयरलायन्सबीच भयो सम्झौता…….
चन्द्रागिरि हिल्स र यती एयरलायन्सबीच भयो सम्झौता…….
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने
नारायणगढ–मुग्लिन सडक खण्ड आज र भोली बन्द हुने
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
यता गोल्ड किङ्ग गोरे चुडामणि उप्रेतीको बयान सुरु !! उता ठुला माछाहरु मनमा भूइंचालो जान सुरु !!!
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
प्रचण्डभन्दा म नै सिनियर हुँ, पार्टीको कार्यकारी अध्यक्ष पनि हुँ : केपी
गवर्नर अधिकारी निलम्बित, कारण के ?
गवर्नर अधिकारी निलम्बित, कारण के ?