एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
एमाले-माओवादी मिल्दा जनयुद्धभन्दा ठूलो तरंग आयोः प्रचण्ड

सारांश

  • १५, मंसिर, चितवन ।
  • माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादी मिल्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन् ।
  • उनले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको दावी गरे ।

१५, मंसिर, चितवन । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमाले र माओवादी मिल्दा राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नै ठूलो तरंग आएको बताएका छन् । उनले दुई कम्युनिष्ट मिल्दा २००७ साल यताकै ठूलो राजनीतिक तरंग आएको दावी गरे ।

‘वाम गठबन्धन जिताऔं नागरिक अभियान’ चितवनले शुक्रबार भरतपुर महानगरपालिका-६ गीतानगरमा आयोजित ‘प्रचण्डसँग नागरिक समाज’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनयुद्ध सुरु गर्दा पनि यति ठूलो तरंग राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नआएको बताए ।

उनले भने ”यो विचित्रको कुरा भएको छ, कम्युनिष्ट मिल्दा एउटा जनमत उत्साहित भएको छ, अर्काे पक्ष विचलित जस्तो नकारात्मक तरंग देख्छु ।”

पार्टी एकतामा शंका नगर्न उनले कार्यकर्ता र समाजका अगुवाहरुलाई आग्रह गरे । “अब एकतालाई कसैले रोकेर रोकिंदैन” प्रचण्डले भने “एकातिर कम्युनिष्ट तानाशाही आउँछ भनिएको छ, अर्काेतिर तिनै साथीहरुले कम्युनिष्ट एकता हुनै सक्दैन, भए पनि टिक्दैन चुनाव पछि भाडभैलो हुन्छ भनिरहेका छन् ।” नेपालमा अब वामपन्थीहरुको सरकार आउने र देश समाजवादतर्फ जाने उनको भनाइ छ ।

वीपी कोइराला र गिरिजाप्रसाद कोइराला अहिले भएको भए कम्युनिष्ट एकता देखेर खुशी हुने बताउँदै दाहाले पार्टीहरु एक हुँदा राष्ट्रलाई फाईदा हुने र देश समृद्धितर्फ अगाडि बढ्ने बताए ।

विभाजित कांग्रेसहरु पनि एक हुँदा राम्रो हुने बताउँदै दाहालले भने “विभाजित कांग्रेस पनि सबै एकै ठाउँमा आउँन जरुरी छ ।”

राष्ट्र, राष्ट्रियता र स्वाधिनताको मुद्दामा कांग्रेससँग आउने दिनमा सहकार्य हुने प्रचण्डले बताए कांग्रेसको आक्रमकताप्रति प्रचण्ड भने “हामीलाई यति धेरै गाली नगर्नुहोस्, भोलि पनि मिल्नुपर्छ, त्यसबेला हात मिलाउन पनि लाज लाग्ने नहोस् । देशमा अलकादवादी, विखण्डनवादी धार आयो भने कांग्रेससँग मिलेर लड्नु हुन्छ ।”

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Raju Sth

    हारे पछी झन के हुने हो फेरि जन युद्धमा जाने हो की

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?