भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १६, २०७९
|
|
१९ पटक हेरिएको
Shares
भोजपुर गोल्डकप उपाधि क्यामरुनलाई

सारांश

  • टक्सार (भोजपुर) ।
  • पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ ।
  • आज भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टिमलाई पराजित गरेको हो ।

टक्सार (भोजपुर) । पहाडी जिल्ला भोजपुरको स्थानीय टुँडिखेलमा जारी जिल्लाकै प्रतिष्ठित छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण मेयर भोजपुर गोल्डकपको उपाधि एभिनियर फुटबल क्लब क्यामरुनले जितेको छ ।

आज भएको फाइनल खेलमा क्यामरुनले घरेलु भोजपुरको टिमलाई पराजित गरेको हो । खेलको निर्धारित समयमा एक र अतिरिक्त समयमा अर्को गोल थप्दै क्यामरुनले घरेलु टिम भोजपुर जिल्ला फुटबल सङ्घलाई २–० गोलले पराजित गरेको हो । क्यामरुनका तर्फबाट नगुइनी र टिम्बाले एक/एक गोल गरेका थिए ।

विजेता भएसँगै क्यामरुनले रु पाँच लाख पाएको छ भने भोजपुरले रु तीन लाखसहित उपविजेतामा चित्त बुझाउनुपरेको छ । फाइनल खेलकोे म्यान अफ दि म्याच भोजपुरका खेलाडी धीरज मगर भएका छन् ।

यस्तै खेलको व्यक्तिगत विधातर्फ उदयीमान खेलाडीमा भोजपुरका बिनुप राई, उत्कृष्ट गोलरक्षकमा क्यामरुनका एलिन, उत्कृष्ट रक्षकमा क्यामरुरनका एनसनगोउ, उत्कृष्ट मिडफिल्डर क्यामरुनका नगुइनी, सर्वाधिक गोलकर्ता भोजपुरका सन्तोष तामाङ र क्यामरुनका टिम्बा भएका छन् भने सर्वोत्कृष्ट खेलाडी भोजपुरका विजय भुजेल भएको आयोजक भोजपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

प्रतियोगितामा दुई बाहिरी र छ नेपाली गरी आठ टिमले सहभागिता जनाएका थिए । खेल संयोजक आङपासाङ शेर्पाका अनुसार प्रतियोगितामा युकेएफसी दार्जिलिङ भारत, एभिनियर फुटबल क्लब क्यामरुन, भोजपुर जिल्ला फुटबल सङ्घ, एनबिवाइसी सप्तरी, गोर्खा ब्वाइज रुपन्देही, डाँगीहाट युथ क्लब मोरङ, भगवती स्पोर्टस क्लब खोटाङ र बसाहा क्लब उदयपुरले सहभागिता जनाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?