अन्तत तोडियो डा. केसीको अनसन
सारांश
- करिब २४ घण्टाको अथक प्रयास पछि वार्तामा सहमति जुटेसँगै डा.
- गोविन्द केसीले आफ्नो २७ औँ दिनको अनसन तोडेका छन् ।
- वार्ताका लागि पहल र मध्यस्तथा गरेका सुवास नेम्वाङ र डा.
करिब २४ घण्टाको अथक प्रयास पछि वार्तामा सहमति जुटेसँगै डा. गोविन्द केसीले आफ्नो २७ औँ दिनको अनसन तोडेका छन् । वार्ताका लागि पहल र मध्यस्तथा गरेका सुवास नेम्वाङ र डा. केदारभक्त माथेमाको हातबाट जुस पिउँदै आफ्नो १५ औ चरणको अनसन तोडेका थिए । राती १० बजेर ३३ मीनेट जाँदा केसीले अनसन तोडेका हुन् ।
निकै लामो प्रयास पश्चात विहिबार राती १० बजेतिर सरकार र अनशनरत डा. गोविन्द केसीबीचको वार्ता सहमतिमा पुगेको हो । बालुवाटारमा राती अबेरसम्म जारी रहेको वार्ता सहमतिमा पुगेसँगै वार्ता टोली हस्ताक्षरका लागि शिक्षण अस्प्ताल, महाराजगञ्ज पुगेर डा. केसीलाई हस्ताक्षर गराएको थियो ।
केसी र सरकार पक्षबीच ९ बुँदे सहमति हस्ताक्षार भएको छ । वार्ता सहमतिमा पुगेसँगै डा. केसीका अधिकांस माग पुरा भएका छन् । उनका माग अनुसार संसदमा दर्ता भएको चिकित्सा शिक्षा विधेयकमा २२ वटा संशोधन गर्न सरकार तयार भएको छ । अनसन तोडे लगत्तै डा. केसीलाई उपचारका लागि आइसियूमा राखिएको छ ।
Buddhipd Rai
अन्तत: Political syndicate(जनताले अल्पमतमा थन्काइ दिएको दलहरुको समुह)को मात्र प्राविधिक दुई तिहाई 2/3 बहुमतको अहंकार/ध्वाँस/धम्की/घमण्ड तोडियो!!!
आम जनता महान् छन् र आम जनताको ढुक ढुकी डा.गोबिन्द केसीज्यू झनै महान हुनु हुन्छ।
आम जनताको ढुक ढुकी डा.गोबिन्द केसीज्यूकै चौकीदारीबाट आम गरीब जनताको स्वास्थ्य र चिकित्सा शिक्षा सम्बन्धी मौलिक हक तत्कालका लागि चीरो हुनुबाट र बिक्री हुनुबाट जोगिएको छ/सुरक्षित हुने बाटो निर्माण हुंदैछ।
Ramesh Wagle
के
Ramesh Wagle
शेखाउला