प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन १३, २०७४
|
|
३१ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न

सारांश

  • काठमाडौं, १३ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन ।
  • सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् ।
  • प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् ।

काठमाडौं, १३ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीको जिम्मेवारी केवल सरकार प्रमुखको रूपमा मात्रै छैन । सरकारबाहेक विभिन्न परिषद्, प्रतिष्ठान, कोष, विश्वविद्यालय र समितिहरूमा प्रधानमन्त्री नै अध्यक्ष तथा संरक्षक छन् । प्रधानमन्त्री ओली ५१ निकायको अध्यक्ष तथा संरक्षक छन् । विगतका प्रधानमन्त्रीले बोक्दै आएको बोझको निरन्तरता वर्तमान प्रधानमन्त्रीको थाप्लोमा पनि छ । आजको नयाँ पत्रिका दैनिकमा पुष्प ढुंगानाले खबर लेखेका छन् ।

प्रधानमन्त्री नै अनभिज्ञ
दर्जनौँ निकायमा अध्यक्ष र संरक्षक रहेका प्रधानमन्त्री आफ्नो जिम्मेवारीबारे जानकार होलान् त ? पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री विगतका अनुभवका आधारमा भन्छन्, ‘कतिवटा निकायको अध्यक्षता गर्छु भन्ने जानकारी प्रधानमन्त्रीलाई नै नहुने स्थिति छ ।’

क्षेत्रीको भनाइसँग प्रधानमन्त्री कार्यालयका बहालवाला एक सचिवको प्रतिक्रिया मेल खान्छ । उनले प्रधानमन्त्री अध्यक्ष वा संरक्षक रहने सरकारी निकाय कति छन् भन्ने यकिन तथ्यांक प्रधानमन्त्री कार्यालयसँग नरहेको स्विकारे ।

प्रधानमन्त्री कार्यालयका अनुसार विगतदेखिकै प्रधानमन्त्रीले निकै कम निकायलाई मात्रै समय दिने गरेका छन् । खासगरी सूचना प्रविधि उच्चस्तरीय आयोग, दिगो विकासका लागि राष्ट्रिय आयोग, पर्यटन परिषद्जस्ता दर्जनौँ निकाय प्रधानमन्त्रीले समय दिन नसक्दा प्रभावित हुने गरेका छन् । सहसचिव, सचिव र मन्त्रीअन्तर्गत रहने कतिपय निकायमा समेत प्रधानमन्त्रीले नै अध्यक्षता गर्ने अभ्यास छ । प्रधानमन्त्रीअन्तर्गत रहेरसमेत प्रभावकारी हुन नसकेको एउटा निकाय सतर्कता केन्द्र पनि हो ।

अचम्म त अझ के भने खारेज भएको कानुनका आधारमा गठित निकायसमेत प्रधानमन्त्रीकै अध्यक्षतामा राखिएको छ । प्रधानमन्त्रीले अध्यक्षता गर्ने निर्देशन विकेन्द्रीकरण कार्यान्वयन तथा अनुगमन समितिलाई निर्देशित गर्ने स्थानीय स्वायत्त शासन ऐन खारेज भइसकेको छ ।

निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिव रहेर काम गरेका उपसचिव बद्री तिवारीले त्यस्ता निकायबारे यकिन विवरण नभएको बताए । ‘विभिन्न निकायले आफ्नो विधानअनुसार संस्थाको बैठक वा अन्य कार्यक्रममा प्रधानमन्त्रीलाई आमन्त्रण गर्थे । आवश्यकता र संवैधानिक बाध्यताका आधारमा प्रधानमन्त्रीले बैठक राख्ने वा कार्यक्रम स्वीकृत गर्ने गर्नुभएको थियो,’ तिवारीले भने ।

सरकारले राष्ट्रिय प्रतिष्ठान सञ्चालक परिषद् नामको निकाय गठन गरेको छ । तर, यो कार्यालयमा अहिलेसम्म प्रधानमन्त्री गएको जानकारी नभएको पछिल्ला तीन प्रधानमन्त्रीको सचिवालयमा बसेर काम गरेका कर्मचारी बताउँछन् । यसैगरी, सरकारले दिगो विकासका लागि राष्ट्रिय आयोग गठन गरेको थियो । तर, प्रधानमन्त्री कार्यालयका सचिवदेखि उपसचिव तहसम्मका कर्मचारीले उक्त निकायबारे जानकारी नै नभएको बताए ।

कतिपय निकायले त बैठकका लागि प्रधानमन्त्रीसँग प्रस्तावसमेत गर्दैधनन् । उच्चस्तरीय व्यवसाय मञ्च, जलवायु परिषद्, उच्चस्तरीय एचआइभी-एड्स परिषद्ले प्रधानमन्त्रीलाई अध्यक्षको हैसियतमा बैठकमा बोलाएको जानकारी नभएको प्रधानमन्त्रीका पूर्व स्वीकिय सचिवहरू बताउँछन् । यस्तै राष्ट्रिय बाँध संरक्षण समिति र बहुपक्षीय खेलकुद समन्वय परिषद्ले पनि अध्यक्षको हैसियतमा पछिल्ला कुनै प्रधानमन्त्रीहरूलाई बोलाएको छैन ।

निकायअनुसार फरक भूमिका
विश्वविद्यालय र प्रतिष्ठानहरूमा प्रधानमधन्त्री कुलपतिको भूमिकामा रहने व्यवस्था छ । ती निकायको बैठकमा प्रधानमन्त्री कम्तीमा वर्षमा एकपटक सहभागी हुनुपर्ने बाध्यात्मक स्थिति छ । तर, सबै निकायमै पुगेर प्रधानमन्त्रीले वार्षिक कार्यक्रम स्वीकृत गर्न तथा बैठकमा सहभागी हुन नसकेको तिवारीले बताए । उनका अनुसार प्रधानमन्त्रीको समय अभावका कारण सम्बन्धित निकायको बैठक नै प्रधानमन्त्री कार्यालयमा राख्ने गरिएको थियो । यसबाहेक यस्ता निकायहरूमा कुलपतिको हैसियतमा प्रधानमन्त्रीसँग रहने कार्यकारी अधिकार उपकुलपतिलाई प्रत्यायोजन गर्ने अभ्यास छ । द्द

प्रधानमन्त्रीले समय दिन नसक्दा बैठक अन्योलमा
प्रधानमन्त्रीले समय दिन नसक्दा गत वैशाखदेखि कर्णाली विकास परिषद्को बैठक बस्न सकेको छैन । यसबीचमा माओवादी अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भए । दुवै प्रधानमन्त्रीले समय नदिँदा बैठक राख्न नसकेको परिषद्का सदस्य चन्द्रकान्त पौडेलले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अफ्रिकामा सवारी दुर्घटना, बीस जनाको मृत्यु
अफ्रिकामा सवारी दुर्घटना, बीस जनाको मृत्यु
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
वर्षाबाट रु एक करोडको काँचो इँट्टाको क्षति
बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै
बागेश्वरी मन्दिरलाई व्यवस्थित गरिँदै
Ставки На Спорт Онлайн Букмекерские Ставки в Футбол На следующий Прогнозы На Спорт Сделать Live Ставку На Спорт на Сайте Бк
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
संसद बैठकमा प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन
भागबण्डा नमिल्दा अख्तियारको पदाधिकारी नियुक्तिमा अलमल
भागबण्डा नमिल्दा अख्तियारको पदाधिकारी नियुक्तिमा अलमल
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।
“फलानोलाई हराउनुस त भन्दिन लोकतन्त्रवादीलाई कुनै हालतमा जिताउनुस्” मन्त्री थापा ।
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
हराएका मोबाइल फोन खोज्न प्रहरी हैरान, दैनिक ८० मोबाइल हराउछन्
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत  सहयोग  ! फोटो फिचर
शिखर न्युजको बाडी पीडित राहत संकलन अभियानका लागि कपनबाट व्यापक राहत सहयोग ! फोटो फिचर

तपाईंले छुटाउनुभयो कि?