गोली हानेर पैसा लुट्ने दुई जना काठमाडौंमा पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, जेठ २१, २०७५
|
|
२२ पटक हेरिएको
Shares
गोली हानेर पैसा लुट्ने दुई जना काठमाडौंमा पक्राउ

सारांश

  • अश्विन खड्का, काठमाडाैँ, २१ जेठ ।
  • धनगढीमा पैसा लुटेर फरार दुर्इ जनालार्इ प्रहरीले साेमबार काठमाडाैँमा पक्राउ गरेकाे छ ।
  • धनगढीका निर्मल कार्कि माथि गाेली प्रहार गरी साढे नाै लाख रुपैया लुटेर फरार धनगढीका राम प्रवेश राना र कञ्चनपुरका कालु रानालार्इ प्रहरीले काठमाडाैँबाट पक्रेकाे हाे ।
अश्विन खड्का, काठमाडाैँ, २१ जेठ । धनगढीमा पैसा लुटेर फरार दुर्इ जनालार्इ प्रहरीले साेमबार काठमाडाैँमा पक्राउ गरेकाे छ ।
धनगढीका निर्मल कार्कि माथि गाेली प्रहार गरी साढे नाै लाख रुपैया लुटेर फरार धनगढीका राम प्रवेश राना र कञ्चनपुरका कालु रानालार्इ प्रहरीले काठमाडाैँबाट पक्रेकाे हाे ।
उनीहरुले सिद्धार्थ बैंकबाट पैसा निकालेर आफ्नो कार्यालयतर्फ जाने क्रममा आइएमई सेन्टरका कर्मचारी निर्मल कार्कीलाई गोली हानी घाइते बनाएर उनीसँग रहेको साढे नौ लाख लुटेका थिए।
घाइते कार्की अवस्था हाल सामान्य छ। पक्राउ परेकामध्ये कालु राना २०६८ सालमा बलात्कार मुद्दामा जेल परे्र छुटेका व्यक्ति भएको खुलेको छ। उनी गत माघमा मात्र जेलबाट छुटेका थिए।
५ जना मिलेर उनीहरुले सो लुटपाट योजना बनाएका थिए। घटनामा संलग्न राजकुमार चौधरी र उग्रसेन चौधरी यसअघि नै पक्राउ परिसकेका छन्। पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा पठाइएको महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?