आचारसंहिता तोड्दै पूर्वपत्रकार रविन्द्र मिश्र

Shikharkhabar Shikharkhabar
|
बुधबार, मंसिर २०, २०७४
|
|
५५ पटक हेरिएको
Shares
आचारसंहिता तोड्दै पूर्वपत्रकार रविन्द्र मिश्र

सारांश

  • काठमाडौं ।
  • निर्वाचन आचारसंहिता, २०७४ अनुसार ‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय’ मौन अवधि हो ।
  • निर्वाचन ऐन अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार र मत माग्ने वा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाइन्न ।

काठमाडौं । निर्वाचन आचारसंहिता, २०७४ अनुसार ‘मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुन्जेलसम्मको समय’ मौन अवधि हो । निर्वाचन ऐन अनुसार मौन अवधिमा निर्वाचन प्रचारप्रसार र मत माग्ने वा मतदातालाई प्रभावित पार्ने कुनै पनि गतिविधि गर्न पाइन्न । यसो गरे आचारसंहिता र ऐनविपरीत हुन्छ र ऐनबमोजिम दण्ड जरिवानासमेत हुन्छ।

सामाजिक सञ्जाल, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमद्वारा पनि मत माग्न वा प्रचारप्रसार गर्न रोक लगाइएको छ । आयोगले जारी गरेको आचारसंहिता पालना नभएको वा उल्लङ्घन भएको अवस्थामा आयोगले त्यस्तो काम तुरुन्त रोक्न वा बदर गर्नका लागि निर्देशन दिनसक्नेछ भने निर्वाचन आयोग ऐन, २०७३ अनुसार आयोगले दिएको आदेशबमोजिम काम, कारबाही नरोक्ने वा बदर नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई आयोगले एक लाख रुपियाँसम्म जरिवाना गर्नसक्छ ।

यो पनि पढ्नुहोस्

इमानको राजनीति गर्छु भन्दै हिँड्ने रबिन्द्र मिश्रले किने १६ करोडको घर

कुनै उम्मेदवारले आयोगले बनाएको आचारसंहिताको उल्लङ्घन गरेको कारणबाट निर्वाचन स्वतन्त्र, स्वच्छ र धाँधलीरहित तवरबाट हुन नसक्ने कुरामा आयोग विश्वस्त भएमा त्यसको स्पष्ट आधार र कारण खोली आयोगले त्यस्तो उम्मेदवारको उम्मेदवारी रद्द समेत गर्नसक्छ ।

निर्वाचनको मौन अवधिको यो कडा आचारसहिंता उलङ्घन गर्दै काठमाडौं क्षेत्र नम्वर १ का उम्मेदवार रविन्द्र मिश्र भने सामाजिक सञ्जाल मार्फत कविता प्रस्तुत गरेर आफ्नो उम्मेदवारीको प्रचारप्रसार गरिरहेका छन् । अब उनको यस्तो हर्कतलाई निर्वाचन आयोगले कस्तो एक्सन लिन्छ । त्यो भने हेर्न बाँकी नै छ !

मौन अवधिमा बोल्दै के भने रवीन्द्र मिश्र ले
(के तिमी पवित्रताको खोजीमा छौ ?

तिमी म हारेको हेर्न चाहन्छौ
मलाई थचार्न र बजार्न चाहन्छौ
मेरो पतित(रूपान्तरण खोज्दै
खुच्चिंङ(आनन्दको उन्मादमा
“मैले त भनेकै हो नि, देख्यौ?” भन्दै
बजारमा ढोल पिट्न चहान्छौ

तिमी मलाई नष्ट पार्न
अत्ताल्लिएर फन्को मारिराख
तिमी मलाई कष्ट दिन
सुइरोले घोचि राख
हो, म अन्जानमा गल्ती गर्छु – सिक्छु
तर इमानमा चुक्दै चुक्दिन
मेरो कक्षबाट डग्दै डग्दिन
तिमीले हानेको रिसको गोली
मलाई लाग्दै लाग्दैन
तिमीले हानेको विषको पोकोले
मलाई छुँदैछुँदैन

बरू
विष ओकलेपछि
तिमीलाई हलुका भयो होला
म त्यसैमा खुशी छु
मचाहिँ तिमीलाई सियोले पनि घोच्दिन
किनभने मलाई थाहा छ, तिमी अबुझ छौ

तिमी विवेकमा लागेको धब्बा
धूप बालेर मेट्न खोज्छौ
मुटुमा टाँसिएको लेदो
पानीमा धुन खोज्छौ
छाम्नै नसकिने मुटु बोकेर
गोर्खाली छाती खोज्छौ
स्वतन्त्रतामाथि पहेंऽऽऽलो ‘सु’ गर्दै
अधिकारका भाषण गर्छौ

तिमी गर्दै गर्दैनौ
तर गर्नेले के गरे भन्ने
चिन्तामा जलेका छौ
किनभने मलाई थाहा छ, तिमी अबुझ छौ

मलाई यो पनि थाहा छ
तिम्रो मूर्खता वागमतीको प्रदूषणजस्तै हो
सफा गरे पवित्र हुने नै छ
फरक यत्ति हो कि
वागमती निस्सहाया छ
तिमी बलवान छौ
आफ्नो शुद्धीकरण आफैं गर्न सक्छौ
तर के तिमी पवित्रताको खोजीमा छौ?
(‘रवीन्द्र मिश्रका कविता’ फेसबुक पेजबाट बाट)

प्रतिक्रिया

8 कमेन्ट

    Comment Author

    Milan Kumar Bharati

    त झोले मिडियाहरूले चै मौन अवधिमा मिश्रको बिरोध गर्दै समाचार लेख्न पाउने, अनि उस्ले चै त्यो समाचारको स्पष्टीकरण दिन नपाउने ?

    Comment Author

    Dipendra Timsina

    Daraio aaru daal

    Comment Author

    Bishal Shrestha

    Yo patrakar chai loottantra ko dalal racha
    Kangressi Indian dalal news

    Comment Author

    Bishnu Sapkota

    Yesta media khate haru kam xina na chaine kura lekxaa

    Comment Author

    Harry Khanal

    Vram ko kheti .waiyat news

    Comment Author

    Sugam Karki

    Yo lae ni thodnu parxa

    Comment Author

    Matha Rabi

    ‘नेपाल’ हत्याको मतियार ? जस्ले नेपाल भारतमा बिलय गर्दा केहुन्छ्र्‍र ? भन्ने बि बि सि रेदियो मा प्रतच्य कार्यक्रम नै चलाए बृतृस स्रामाज्यवादिको निर्देसनमा र जस्को पुर्खाले प्राचिन नेपाललाई विस्वासघात गरेर आज को नेपालको भुगोल यस्तो भयो

    Comment Author

    Diplove Kapri Zoc

    Hawa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 8
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?