भारतसहित चार मुलुकका राजदूतको सुनुवाई हुँदै
सारांश
- काठमाडाै,२३ मंसिर।
- सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई आइतबार हुँदैछ।
- संसदीय सुनुवाई विशेष समितिले आइतबार सुनुवाई गर्न लागेको हो।
काठमाडाै,२३ मंसिर। सरकारले सिफारिस गरेका ४ देशका राजदुतको सुनुवाई आइतबार हुँदैछ। संसदीय सुनुवाई विशेष समितिले आइतबार सुनुवाई गर्न लागेको हो। संसदीय सुनुवाई विशेष समितिको बुधबार सिंहदरबारमा बसेको बैठकले सरकारद्वारा भारतका लागि राजदूत सिफारिस गरेका निलाम्बर आचार्य, यूएईका लागि कृष्ण ढकाल, मलेसियाका लागि सिफारिस उदयराज पाण्डे र इजरायलका लागि राजदुत सिफारिस गरिएकी अञ्जान शाक्यसँग बिहान ११ बजे सुनुवाई गर्ने निर्णय गरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जनाए।
प्रस्तावित राजदूतहरु मध्ये एकजना उपर समितिमा उजुरी परेकाले शुक्रबार नै सो सम्बन्धमा छलफल गरिने सभापति कर्णले जनाए। राष्ट्रको मर्यादासमेत राख्नुपर्ने भएकाले राजदुतको आवश्यक योग्यता र क्षमताका विषयमा अनुभवी पूर्व राजदूतहरुसँग पनि विशेष छलफल गर्ने निर्णय गरिएको समितिले जानकारी दिएको छ ।
प्रतिक्रिया