गृहमन्त्रीलाइ भेटेर विष सेवन !
सारांश
- काठमाडौं,६ मंसिर ।
- तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको तत्कालीन ‘जनयुद्ध’मा सहभागी भएका एकजना पूर्व लडाकुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अगाडि विष सेवन गरेका छन् ।
- बुधवार गृहमन्त्री थापालाई भेट्न गृह मन्त्रालय पुगेको कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सेवन गरेका हुन् ।
काठमाडौं,६ मंसिर । तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको तत्कालीन ‘जनयुद्ध’मा सहभागी भएका एकजना पूर्व लडाकुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’कै अगाडि विष सेवन गरेका छन् ।बुधवार गृहमन्त्री थापालाई भेट्न गृह मन्त्रालय पुगेको कालीकोटका ३४ वर्षी कुलप्रसाद भट्टराईले विष सेवन गरेका हुन् । गृहमन्त्रीलाई भेट्दा उनले खल्तीबाट विषको बोत्तल निकालेर मुखमा हालेका थिए ।
भट्टराईले विष सेवन गरेपछि गृहमन्त्रीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि उनलाई वीर अस्पतालको इमरजेन्सीमा भर्ना गरियो । गृह मन्त्रालय स्रोतका अनुसार भट्टराई बाहिरबाटै पनि विष पिएर गृह मन्त्रालय पुगेका थिए । उनले गृहमन्त्रीसँग भेट्ने समय पाएर कुरा गर्दा पनि स्पष्टसँग बोल्न सकेका थिएनन् । गृहमन्त्रीसँग भेटेको करिब २ मिनटमै उनले सोफामा बसेकै बेला विष सेवन गरेका स्रोतले बतायो । वीर अस्पताल स्रोतका अनुसार भट्टराईले साइपरमेथ्रिन नामक विष सेवन गरेका छन् । उनको अहिले उपचार भइरहेको र अवस्था सामान्य रहेको जनाइएको । साइपरमेथ्रिन नामक विष कृषि उत्पादनमा लाग्ने किरा मार्न प्रयोग गरिन्छ ।
प्रतिक्रिया