अन्तर्राष्ट्रिय पुस्तक मेला शुरु
सारांश
- काठमान्डौं, साउन २७ – काठमान्डौंको भृकुटीमण्डप प्रदर्शनीकक्षमा बिहीबारदेखि अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरु भएको छ ।
- ‘नेपालको सर्वाधिक लोकप्रिय साहित्यिक महोत्सव’ नाराका साथ शुरु भएको पुस्तक प्रदर्शनी साउन ३२ गतेसम्म चल्नेछ ।
- यसपल्टको प्रदर्शनी पहिलेको भन्दा फरक रहेको आयोजकले जनाएको छ ।
काठमान्डौं, साउन २७ – काठमान्डौंको भृकुटीमण्डप प्रदर्शनीकक्षमा बिहीबारदेखि अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी शुरु भएको छ । ‘नेपालको सर्वाधिक लोकप्रिय साहित्यिक महोत्सव’ नाराका साथ शुरु भएको पुस्तक प्रदर्शनी साउन ३२ गतेसम्म चल्नेछ ।
यसपल्टको प्रदर्शनी पहिलेको भन्दा फरक रहेको आयोजकले जनाएको छ । प्रदर्शनीमा विभिन्न उमेर समूहका पाठकहरुलाई लक्षित गरी झण्डै ६० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरु सहभागी भएका छन् ।
७ दिनसम्म चल्ने प्रदर्शनीमा पाठकहरुले लेखकसँग प्रत्यक्ष साक्षात्कार गर्न पाउनुका साथै, पुस्तक विमोचन र पुस्तक हस्ताक्षर कार्यक्रमसमेत रहेको छ । प्रदर्शनीमा साहित्यदेखि पाठ्यक्रमसम्मका पुस्तक रहेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया