अपमानका कारण ओजिलको सन्यास

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ७, २०७५
|
|
५३ पटक हेरिएको
Shares
अपमानका कारण ओजिलको सन्यास

सारांश

  • जर्मनी, ७ साउन ।
  • जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।
  • जर्मन फुटबल संघमा भएको जातीवाद र विश्व कपको पहिलो चरणबाट बाहिरिनुमा आफुलाई मात्र दोषी देखाएको महसुस गरेपछि ओजिलले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने निर्णयमा पुगेका हुन् ।

जर्मनी, ७ साउन । जर्मनीका मिडफिल्डर मेसुट ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् ।

जर्मन फुटबल संघमा भएको जातीवाद र विश्व कपको पहिलो चरणबाट बाहिरिनुमा आफुलाई मात्र दोषी देखाएको महसुस गरेपछि ओजिलले अन्तर्राष्ट्रिय फुटबल यात्रालाई अन्त्य गर्ने निर्णयमा पुगेका हुन् ।

आर्सनलका २९ वर्षे प्लेमेकरले आफुलाई राजनीतिक ढंगबाट मुछ्ने काम भएकोमा गुनासो गर्दै अब राष्ट्रिय टोलीको जर्सी लगाउन नसक्ने बताएका छन् । विश्व कपमा ८० वर्षयता जर्मनीले सबै भन्दा खराब गर्दा ओजिलको चर्को आलोचना भएको थियो । विवादास्पद टर्कीका राष्ट्रपति रिकेप टेएप इर्डोडोनसँग उनको विश्व कपअघि सार्वजनिक भएको तस्बिरलाई लिएरपछि झन विवाद चर्काइएको थियो ।

रसिया विश्व कपमा जर्मनी ३ मध्ये २ खेलमा हार र १ खेलमा जित निकाल्दै समूह चरणबाटै बाहिरिएको थियो । आइतबार सामाजिक सञ्जालमा तीन वटा चिठ्ठी सार्वजनिक गर्दै ओजिलले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएको घोषणा गरेका हुन् । उनले छोड्नुको मुख्य कारण जातीवाद र अपमान बताएका छन् ।

ओजिल जर्मनी र टर्कीस मिश्रित परिवारका हुन् । उनले उनको परिवारलाई इमेल, फोन र सामाजिक सञ्जालमार्फत धम्की आइरहेको पनि बताएका छन् । उनले ट्वीट गदैै भनेका छन्, ‘जर्मन फुटबल संघबाट मैले जस्तो व्यवहारको सामना गर्नुपर्यो, जसका कारण अब मलाई राष्ट्रिय टोलीको जर्सी लगाउने इच्छा रहेन ।’

जर्मनीले सन् २०१४ मा विश्व कप जित्दा ओजिल टोलीका महत्वपूर्ण सदस्य रहेका थिए ।

एजेन्सी को सहयोग मा

(https://flossdental.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
घिमिरेको खुलासा : ओलीलाई भ्रष्टाचारले तान्छ, ज्ञानेन्द्र राजा बन्ने सम्भावना छ
प्रेमशाला”मा आए  पुष्पल अनि शिल्पा
प्रेमशाला”मा आए पुष्पल अनि शिल्पा
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, १४औं महाधिवेशनकाे कार्यतालिकाका विषयमा छलफल हुने
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो
आज शिवरात्री, देशैभरका शिवालयमा दर्शनार्थीको घूइँचो
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’  स्वीकृत,
सामाजिक सुरक्षा कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न ‘सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि’ स्वीकृत,
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
बेलायतका दक्षिण एसिया विभागका प्रमुखले भेटे अध्यक्ष प्रचण्ड
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
प्रधानमन्त्री दाहालले भने : पुनःनिर्माणको काम बाँकी भए सरकारको पूर्ण साथ रहन्छ
Indicators When You Want to locate a Wife Right from Eastern Europe
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
यी हुन् कांग्रेसबाट दोस्रो चरणको निर्वाचनमा प्रत्यक्षतर्फ भिड्ने तीन महिला
कानुनमन्त्री भन्दा उनकी पत्नी राई धनी
कानुनमन्त्री भन्दा उनकी पत्नी राई धनी